Like us!
Follow us!

सिभिल लघुवित्तद्वारा एकैसाथ थप ७ शाखा विस्तार

सिभिल लघुवित्तद्वारा एकैसाथ थप ७ शाखा विस्तार

लगानी खबर, काठमाडौँ - सिभिल बैंक लिमिटेडकाे सहायक कम्पनी सिभिल लघुवित्त वित्तीय संस्था लिमिटेडले थप ७ वटा शाखा कार्यालयहरू विस्तार गरेको छ ।

संस्थाको न्यून उपस्थिति रहेका स्थानहरूलाई समेटी क्रमशः झापा जिल्लाको दुर्गापुर र क्याम्पा, सप्तरीको खरचुहिया, महोत्तरीको हाथिलेट, सिन्धुलीको सुम्नामवेशी, रौतहटको कनकपुर र सिन्धुपाल्चोकको किउलमा नयाँ शाखा कार्यालयहरू स्थापना गरिएको हाे ।

संस्थाले यसअघि २६ जिल्लामा रहेको ४८ वटा शाखाहरूबाट सेवा प्रदान गर्दै आइरहेकोमा अब २७ जिल्लामा भएका आफ्ना ५५ वटा शाखा कार्यालयहरू मार्फत लघुवित्तीय सेवाहरू प्रदान गर्नेछ ।


 

प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटरयुटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।