Like us!
Follow us!

महासंघको ५४औं सभा आजबाट सुरू

महासंघको ५४औं सभा आजबाट सुरू

लगानी खबर, काठमाडौँ - नेपाल उद्योग वाणिज्य महासंघको ५४ औं वार्षिक साधारण सभा आज (मंसिर ११ गते, बिहीबार) बाट सुरु भएकाे छ । उक्त सभा आज ११ गते, भाेलि १२ गते र पर्सी १३ गते हुनेछ । गत चैत्र महीनामा गर्नुपर्ने  महासंघको साधारण सभा तथा चुनाव कोरोना महामारीका कारण  स्थगित भएको थियो ।

सरकारले कोरोना महामारी संक्रमणको जोखिम कायमै रहेको विषम परिस्थितिमा नेपाल सरकारबाट स्वास्थ्य सुरक्षाको मापदण्ड पालना गरी महासंघको साधारसभा र निर्वाचन गर्न स्वीकृति दिएको थियो । त्यसै अनुसार साधारण सभाको उद्घाटन प्रधानमन्त्रीले जुम एप्लिकेसनबाट गर्दैछन् ।

साधारण सभाको बन्द सत्र मंसीर १२ गते बिहान १० बजे जुम प्रविधिबाटै हुने छ । महासंघको नेतृत्व चयनका लगि मंसीर १३ गते शनिबार विहान ८ बजेदेखि उद्योग वाणिज्य समूहको नेपाल प्रज्ञा प्रतिष्ठान कमलादीमा, एशोसिएट सदस्य समूहको कार्की व्याङकेट माइतीघरमा र बस्तुगत संघ समूहको नेपाल उद्योग वाणिज्य महासंघको सचिवालय, टेकुमा छुट्टाछुट्टै रुपमा निर्वाचनको लागि मतदान हुनेछ ।

कोभिड-१९ पोजेटिभ देखिएका मतदाताहरुले आफैँले मतदान गर्नुपर्ने अवस्थामा (तीनै समूहका मतदाताहरु) त्यस्ता मतदाताहरुका लागि नेपाल प्रज्ञा प्रतिष्ठान कमलादीमा मतदानको व्यवस्था गरिएको छ । त्यस्ता मतदाताहरु भए आफै वा आफ्नो संस्थामार्फत यथाशक्य चांडो जानकारी गराउन निर्वाचन समितिले अनुरोध गरेको छ ।

कोरोना महामारीका कारण यो वर्ष महासंघको चुनाव तीन ओटा स्थानबाट हुने भएको हाे ।

प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटरयुटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।