Like us!
Follow us!

४ अर्ब मुद्दती निक्षेपमा लगानी गर्दै नेपाल राष्ट्र बैंक

४ अर्ब मुद्दती निक्षेपमा लगानी गर्दै नेपाल राष्ट्र बैंक

लगानी खबर, काठमाडौँ -  नेपाल राष्ट्र बैंक लिमिटेडले ४ अर्ब रुपैयाँ बराबरकाे रकम मुद्दती निक्षेपमा लगानी गर्ने भएकाे छ । बैंकले उपदान तथा पेन्सन कोषमा रहेको उक्त रकम ३६५ दिनका लागि बैंक तथा वित्तीय संस्थाको मुद्दती निक्षेपमा लगानी गर्न लागिएको एक सूचना मार्फत जानकारी दिएकाे छ । 

नेपाल राष्ट्र बैंकले ‘क’ वर्गका वाणिज्य बैंकमा ३ अर्ब २० कराेड रूपैयाँ, ‘ख’ वर्गको विकास बैंकमा ६० करोड रुपैयाँ र ‘ग’ वर्गका राष्ट्रिय स्तरका वित्त कम्पनीहरुमा २० करोड रुपैयाँ लगानी गर्न लागेको हो ।

बैंक तथा वित्तीय संस्थाले मंसिर १४ गते दिउँसो ३ बजेसम्म आफूले लिन चाहेको रकम तथा उक्त रकमका लागि प्रस्ताव गरिएको ब्याजदर समेत खुलाएर राष्ट्र बैंकमा पेश गर्नुपर्नेछ ।

बैंकले प्रकाशन गरेकाे सूचना यस प्रकारकाे छ :

5fbe335106e63.jpg

प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटरयुटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।