Like us!
Follow us!

कर्मचारी सञ्चय कोषको कर्जा बैंक अफ काठमाण्डूका सबै शाखाबाट भुक्तानी गर्न सकिने

कर्मचारी सञ्चय कोषको कर्जा बैंक अफ काठमाण्डूका सबै शाखाबाट भुक्तानी गर्न सकिने

लगानी खबर, काठमाडौँ - कर्मचारी सञ्चय कोषबाट ग्राहकहरुले लिनुका कर्जा तथा सापटीको साँवा तथा ब्याज बैंक अफ काठमाण्डू लिमिटेडको सबै शाखा कार्यालयहरुबाट भुक्तानी गर्न सकिने भएकाे छ ।

कर्मचारी सञ्चय कोषबाट जुनसुकै कर्जा वा सापटी लिएका ऋणीहरुले साँवा तथा ब्याज सहितको किस्ता रकम  भुक्तानी गर्न कर्मचारी सञ्चय कोषमा नगई बैंकको जुनसुकै शाखा कार्यालयबाट भुक्तानी गर्न सकिने भएकाे हाे ।

त्यस्तै, यस सुविधाबाट ग्राहकहरुको समय बचत हुने र बिना झन्झट सजिलै बैंकको शाखा कार्यालयबाट भुक्तानी गर्न सकिनेछ । 

 

प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटरयुटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।