Like us!
Follow us!

फेरि घट्यो सुनको भाउ, कतिमा हुँदैछ कारोबार ?

फेरि घट्यो सुनको भाउ, कतिमा हुँदैछ कारोबार ?

लगानी खबर, काठमाडौँ -  नेपाली बजारमा आज (बुधबार) पनि सुनकाे मूल्यले ओरालाे यात्रा तय गरेकाे छ । 

बुधबार सुनकाे मूल्य तोलामा एक हजार रुपैयाँले घटेर प्रतिताेला ९१ हजार ५ सय रुपैयाँमा काराेबार भइरहेकाे नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । यस्तै, बुधबार तेजावी सुनको मूल्य पनि ताेलाकाे एक हजार रूपैयाँले नै घटेर प्रतितोला ९१ हजार रुपैयाँ कायम भएको छ । 

त्यसैगरी, बुधबार चाँदीकाे मूल्य पनि ताेलाकाे ५ रुपैयाँले घटेर प्रतिताेला एक हजार एक सय ७५ रूपैयाँमा काराेबार भइरहेकाे महासंघले बताएकाे छ ।

प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटरयुटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।