Like us!
Follow us!

नेशनल माइक्रोफाइनान्सकाे संस्थापक शेयर बिक्रीमा, प्रतिकित्ता मूल्य कति ?

नेशनल माइक्रोफाइनान्सकाे संस्थापक शेयर बिक्रीमा, प्रतिकित्ता मूल्य कति ?

लगानी खबर, काठमाडौँ - नेशनल माइक्रोफाइनान्स लघुवित्त वित्तिय संस्था लिमिटेडले संस्थापक समूहकाे शेयर बिक्री गर्ने भएको छ । संस्थाले एक लाख ४ हजार कित्ता शेयर प्रति कित्ता न्यूनतम मूल्य ७ सय २५ रूपैयाँमा बिक्री गर्न लागेकाे हाे ।

उक्त शेयरहरू खरिद गर्न इच्छुक विद्यमान संस्थापकहरु वा जो कोही व्यक्ति, कम्पनी तथा संघ संस्थाहरूले मंसिर १७ गते, बुधबारबाट पाैष १ गते बुधबारसम्म न्युनतम एक हजार कित्ताका लागि आवेदन दिन सक्नेछन् । अधिकतम कित्ताका लागि भने कुनै हद ताेकिएकाे छैन । 

त्यसैगरी, आवेदकहरूले बिक्री प्रबन्धक एनआइबिएल एस क्यापिटल लिमिटेड, लाजिम्पाट, काठमाडाैँमा आइपुग्ने गरि आवेदन पेश गर्नुपर्नेछ ।

संस्थाले प्रकाशन गरेकाे सूचना यस प्रकारकाे छ :

5fbdf0f0cbe80.jpg

प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटरयुटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।