लगानी खबर, काठमाडौं – एनआईसी एशिया बैंक लिमिटेडको स्वामित्वमा रहेको नागरिक लगानी कोष, सूर्या लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड र एशियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडकाे लिलामी शेयरमा आवेदन दिने आज (मंसिर १० गते, बुधबार) अन्तिम दिन रहेकाे छ ।
बैंकले नागरिक लगानी कोषको २ लाख २ हजार ५ सय ६० कित्ता, सूर्या लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडकाे एक लाख ९३ हजार १ सय ९४ कित्ता र एशियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडकाे एक लाख ४० हजार ८ सय कित्ता संस्थापक समूहकाे शेयरहरू लिलाम बढाबढ गरी मंसिर ७ गते, आइतबार बिक्री खुल्ला गरेकाे थियाे ।
उक्त शेयरमा नागरिक लगानी कोषको शेयरमा बैंक, वित्तीय संस्था र बीमा कम्पनीले मात्र आवेदन दिन सक्नेछन् भने सूर्या लाइफ र एशियन लाइफको शेयरमा अन्य योग्य लगानीकर्ताले आजसम्म मात्र बोलपत्र पेश गर्न सक्नेछन् ।
कति दिने आवेदन ?
लगानीकर्ताले न्युनतम एक सय कित्ता र अधिकतम सबै कित्ताको लागि आवेदन दिन सक्नेछन् ।
काे हाे बिक्री प्रबन्धक ?
कम्पनीको निष्कासन तथा बिक्री प्रबन्धक एनआईसी एशिया क्यापिटल लिमिटेड रहेको छ ।
कहाँबाट दिने आवेदन ?
लगानीकर्ताहरुले एनआईसी एशिया क्यापिटल लिमिटेड, बबरमहल, काठमाडौं तथा एनआईसी एशिया बैंक लमिटेडकाे तलकाे सूचनामा उल्लेख गरिएकाे शाखाहरूमा आइपुग्ने गरी आवेदन दिन सक्नेछन् ।
कम्पनीले प्रकाशन गरेकाे सूचना यस प्रकारकाे छ :

प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई
[email protected] मा पठाउनु होला।
समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो
फेसबुक पेजका साथै ट्वीटर र
युटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।