Like us!
Follow us!

सिटिजन्स बैंकको ११% लाभांश सुरक्षित गर्ने आज अन्तिम मौका

सिटिजन्स बैंकको ११% लाभांश सुरक्षित गर्ने आज अन्तिम मौका

लगानी खबर, काठमाडौँ - सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडकाे लाभांश सुरक्षित गर्ने आज (मंसिर १० गते, बुधबार) अन्तिम दिन रहेकाे छ ।

बैंकले साधारण सभा तथा लाभांश वितरण गर्ने प्रयाेजनका लागि भाेलि (मंसिर ११ गते, बिहीबार) बुक क्लोज गर्ने निर्णय गरेकाे छ । त्यसैले, आज (मंसिर १० गते, बुधबार) सम्म नेप्सेमा कारोबार भई कायम शेयरधनीहरुले मात्र साधारण सभामा भाग लिन तथा लाभांश प्राप्त गर्न सक्नेछन् ।

बैंककाे कार्तिक २८ गते बसेकाे सञ्चालक समितिकाे बैठकले गरेकाे निर्णय अनुसार बैंककाे चौधौं वार्षिक साधारण सभा मंसिर २० गते, शनिबार डिजिटल प्लाटफर्म मार्फत हुनेछ ।

सभामा सञ्चालक समितिबाट प्रस्ताव गरे अनुसार गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरूलाई ८ प्रतिशतका दरले हुन आउने बोनस शेयर र ३ प्रतिशतका दरले हुन आउने नगद लाभांश (कर समेत) वितरण गरिने विशेष प्रस्ताव पारित गरिनेछ ।

 

प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटरयुटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।