Like us!
Follow us!

नेप्सेमा एनआईसी एशिया बैंकको शेयरमूल्य समायाेजन

नेप्सेमा एनआईसी एशिया बैंकको शेयरमूल्य समायाेजन

लगानी खबर, काठमाडौँ - नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा एनआईसी एशिया बैंक लिमिटेडकाे बाेनस शेयरमा मूल्य समायाेजन भएकाे छ । 

बैंककाे १९ प्रतिशत बाेनस शेयर पछि नेप्सेले प्रतिकित्ता ५८६ रूपैयाँ कायम हुने गरी शेयर मूल्य समायोजन गरेको हाे । नेप्सेले मंगलबारको अन्तिम कारोबार मूल्य ६९७ रुपैयाँका आधारमा मूल्य समायोजन गरेको हो ।

बैंककाे कार्तिक २६ गते, बुधबार बसेकाे सञ्चालक समितिकाे बैठकले गरेकाे निर्णय अनुसार बैंककाे २३औं वार्षिक साधारण सभा मंसिर २१ गते,  आइतबार बैंककाे रजिष्टर्ड कार्यालय, थापाथली, काठमाडौंमा बिहान ९ बजेबाट सुरू हुनेछ ।

सभामा बैंककाे कार्तिक ४ गते, मंगलबार बसेकाे सञ्चालक समितिकाे बैठकले गरेकाे निर्णय अनुसार आर्थिक वर्ष २०७६/०७७ काे सञ्चित मुनाफाबाट बैंकका शेयरधनीहरूलाई १९ प्रतिशत बोनश शेयर र १ प्रतिशत नगद (कर प्रयाेजनका लागि) गरी कुल २० प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गरिनेछ ।

 

5fbdbdc52d3a9.jpg

प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटरयुटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।