Like us!
Follow us!

कामना सेवा बैंक उत्कृष्ट करदाताको रूपमा सम्मानित

कामना सेवा बैंक उत्कृष्ट करदाताको रूपमा सम्मानित

लगानी खबर, काठमाडौँ - कामना सेवा विकास बैंक आर्थिक वर्ष २०७६/२०७७ मा मध्यमस्तरीय उत्कृष्ट करदाताको रूपमा सम्मानित भएको छ ।

कर दिवसको अवसरमा विगत वर्षहरूमा जस्तै यस वर्ष पनि आन्तरिक राजस्व विभागद्वारा मध्यमस्तरीय करदाता कार्यालयको कार्यक्षेत्र भित्र पर्ने करदाताहरू मध्ये सबैभन्दा बढी आयकर दाखिला गरेको कामना सेवा विकास बैंकलाई उक्त मध्यमस्तरीय उत्कृष्ट करदाताको रूपमा सम्मानित गरिएको हो । बैंकले आर्थिक वर्ष २०७४/०७५ मा पनि आन्तरिक राजस्व विभागद्वारा सबैभन्दा बढी आयकर दाखिला गरेवापत सो सम्मान प्राप्त गरिसकेको छ ।

आन्तरिक राजस्व विभागद्वारा हरेक वर्ष राष्ट्रिय कर दिवसको अवसर पारेर विभिन्न विधाहरूमा कदर स्वरूप उत्कृष्ट करदाताहरूलाई सम्मान प्रदान गर्दै आइरहेको छ ।

 

प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटरयुटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।