लगानी खबर, काठमाडौँ - आज (मंगलबार) शेयर बजारले उकालाे यात्रा तय गरेकाे छ । शेयर बजार दाेहाेराे अंकले बढेर १८ सय भन्दा माथी पुगेकाे छ ।
नेपाल स्टक एक्सचेञ्जका अनुसार मंगलबार शेयर कारोबार मापक नेप्से परिसूचक २९.६८ अंकले बढेर एक हजार ८१०.११ मा पुगेकाे छ । नेप्से १.६७ प्रतिशतले बढेकाे हो । यस्तै सेन्सेटिभ परिसूचक भने ४.४२ अंकले बढेर ३४९.३७ मा पुगेको छ ।
कूल १९६ वटा कम्पनीकाे एक कराेड १७ लाख ४८ हजार ५ सय २० कित्ता शेयर खरिदबिक्री हुँदा ५ अर्ब ४४ करोड २९ लाख ५० हजार एक सय ८९ रुपैयाँको कारोबार भएकाे नेप्सेले जनाएकाे छ ।
त्यसैगरी, स्टकका अनुसार कारोबार भएका कूल १२ उपसमूहमध्ये आज ११ वटा उपसमूहकाे शेयर बढेकाे छ भने बाँकी एउटा उपसमूहकाे शेयर मात्र घटेकाे छ ।
हेराैं आजकाे शेयर तालिका :
प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई
[email protected] मा पठाउनु होला।
समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो
फेसबुक पेजका साथै ट्वीटर र
युटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।