Like us!
Follow us!

मल्टीपर्पस फाइनान्सको बुकक्लोज कहिले ?

मल्टीपर्पस फाइनान्सको बुकक्लोज कहिले ?

लगानी खबर, काठमाडौँ - मल्टीपर्पस फाइनान्स कम्पनी लिमिटेडले साधारण सभा प्रयोजनको लागि मंसिर ११ गतेदेखि बुक क्लोज गर्ने निर्णय गरेकाे छ । त्यसैले, भाेलि (मंसिर १० गते, बुधबार) सम्म कायम शेयरधनीहरूले मात्रै साधारण सभामा भाग लिन सक्छन् । 

फाइनान्सकाे कार्तिक १९ गते, बुधबार बसेकाे सञ्चालक समितिकाे बैठकले गरेकाे निर्णय अनुसार उक्त सभा मंसिर १९ गते, शुक्रबार, फाइनान्सकाे केन्द्रिय कार्यालय राजविराज, सप्तरीमा बिहान ११ बजेबाट सुरू हुनेछ ।

सभामा सञ्चालक समितिको प्रतिवेदन माथि छलफल गरी पारित गर्ने, आर्थिक वर्ष २०७६ असार मसान्तकाे लेखापरीक्षण प्रतिवेदनमा छलफल तथा अनुमाेदन गर्ने, आर्थिक वर्ष २०७६/७७ को लागि लेखापरीक्षक नियुक्ती गरी पारिश्रमिक निर्धारण गर्ने लगायतका एजेन्डाहरू छलफल गरी पारित गरिनेछ ।

फाइनान्सले प्रकाशन गरेकाे सूचना यस प्रकारकाे छ :

5fbcb6a499817.jpg

प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटरयुटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।