लगानी खबर, काठमाडौँ - आँखुखोला जलविद्युत कम्पनी लिमिटेडले चालु आर्थिक वर्ष २०७७/७८ को पहिलाे त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको छ ।
उक्त विवरण अनुसार पहिलाे त्रैमासमा कम्पनीले २ करोड ३ लाख ४५ हजार रुपैयाँ खुद नाफा आर्जन गर्न सफल भएकाे छ । उक्त नाफा रकम गत आर्थिक वर्षकाे यसै अवधिको तुलनामा १३५.५१ प्रतिशतले धेरै हाे । गत आर्थिक वर्षकाे यसै अवधिमा कम्पनीले ८६ लाख ३८ हजार रुपैयाँ खुद नाफा आर्जन गरेकाे थियो ।
यसैगरी, पहिलाे त्रैमासमा कम्पनीले बिजुली बेचेर ७ करोड ८९ लाख ८४ हजार रूपैयाँ आम्दानी गरेको छ । उक्त रकम गत आर्थिक वर्षकाे यसै अवधिको तुलनामा ९.६५ प्रतिशतले धेरै हाे । गत आर्थिक वर्षकाे यसै अवधिसम्ममा कम्पनीले बिजुली बेचेर ७ करोड २० लाख ३२ हजार रुपैयाँ आम्दानी गरेको थियाे ।
त्यस्तै, कम्पनीकाे चुक्ता पूँजी ८० करोड रूपैयाँ रहेकाे छ । कम्पनीको प्रतिशेयर आम्दानी १० रुपैयाँ १७ पैसा र प्रतिशेयर नेटवर्थ ७० रुपैयाँ १३ पैसा रहेकाे छ ।
कम्पनीले सार्वजनिक गरेकाे पहिलाे त्रैमासको वित्तीय विवरण यस प्रकारकाे छ :
प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई
[email protected] मा पठाउनु होला।
समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो
फेसबुक पेजका साथै ट्वीटर र
युटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।