Like us!
Follow us!

मंगलबार एकैदिन तोलाको एक हजार ८ सयले घट्यो सुनको भाउ, कतिमा हुँदैछ कारोबार ?

मंगलबार एकैदिन तोलाको एक हजार ८ सयले घट्यो सुनको भाउ, कतिमा हुँदैछ कारोबार ?

लगानी खबर, काठमाडौँ -  नेपाली बजारमा आज (मंगलबार) सुनकाे मूल्यले ओरालाे यात्रा तय गरेकाे छ । मंगलबार सुनकाे मूल्यमा भारी गिरावट  आएकाे छ ।

मंगलबार सुनकाे मूल्य तोलामा एक हजार ८ सय रुपैयाँले घटेर प्रतिताेला ९२ हजार ५ सय रुपैयाँमा काराेबार भइरहेकाे नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । यस्तै, मंगलबार तेजावी सुनको मूल्य पनि ताेलाकाे एक हजार ८ सय रूपैयाँले नै घटेर प्रतितोला ९२ रुपैयाँ कायम भएको छ । 

त्यसैगरी, मंगलबार चाँदीकाे मूल्य पनि ताेलाकाे ३० रुपैयाँले घटेर प्रतिताेला एक हजार एक सय ८० रूपैयाँमा काराेबार भइरहेकाे महासंघले बताएकाे छ ।

प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटरयुटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।