Like us!
Follow us!

एनआईसी एशिया बैंकको २०% लाभांश सुरक्षित गर्ने आज अन्तिम मौका

एनआईसी एशिया बैंकको २०% लाभांश सुरक्षित गर्ने आज अन्तिम मौका

लगानी खबर, काठमाडौँ - एनआईसी एशिया बैंक लिमिटेडकाे लाभांश सुरक्षित गर्ने आज (मंसिर ९ गते, मंगलबार) अन्तिम दिन रहेकाे छ ।

बैंकले साधारण सभा प्रयाेजनका लागि भाेलि (मंसिर १० गते, बुधबार) देखि मंसिर २१ गते, आइतबारसम्म बैंककाे बुक क्लोज गर्ने निर्णय गरेको छ । त्यसैले, आज (मंसिर ९ गते, मंगलबार) सम्म नेप्सेमा कारोबार भई कायम शेयरधनीहरुले मात्र साधारण सभामा भाग लिन तथा लाभांश प्राप्त गर्न सक्नेछन् ।

बैंककाे कार्तिक २६ गते, बुधबार बसेकाे सञ्चालक समितिकाे बैठकले गरेकाे निर्णय अनुसार बैंककाे २३औं वार्षिक साधारण सभा मंसिर २१ गते,  आइतबार बैंककाे रजिष्टर्ड कार्यालय, थापाथली, काठमाडौंमा बिहान ९ बजेबाट सुरू हुनेछ ।

सभामा बैंककाे कार्तिक ४ गते, मंगलबार बसेकाे सञ्चालक समितिकाे बैठकले गरेकाे निर्णय अनुसार आर्थिक वर्ष २०७६/०७७ काे सञ्चित मुनाफाबाट बैंकका शेयरधनीहरूलाई १९ प्रतिशत बोनश शेयर र १ प्रतिशत नगद (कर प्रयाेजनका लागि) गरी कुल २० प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गरिनेछ ।

प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटरयुटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।