Like us!
Follow us!

प्रभु बैंकद्वारा KYC सेवा सञ्चालन

प्रभु बैंकद्वारा KYC सेवा सञ्चालन

लगानी खबर, काठमाडौँ - प्रभु बैंक लिमिटेडले आफ्ना ग्राहकहरूको सुविधालाई मध्यनजर गर्दै KYC सेवा सञ्चालनमा ल्याएको छ ।

प्रभु बैंकमा खाता खोली कारोबार गरेका सम्पूर्ण ग्राहकहरूले बैंकको वेबसाइट www.prabhubank.com मा Login गरी अनलाइन मार्फत KYC अद्यावधिक गर्ने व्यवस्था मिलाईएको छ ।

बैंकले सञ्चालनमा ल्याएको उक्त सेवा सुरक्षित एवं प्रभावकारी रहेको तथा KYC सम्बन्धी सम्पूर्ण विवरणहरू यथा–समयमै अद्यावधिक गरी खाता नियमित सञ्चालन गर्न सहज हुनेछ र यसबाट ग्राहकहरूले आफ्ना समय बचत तथा सदुपयोग गरी अत्याधिक लाभ उठाउनेछन् भन्ने बैंकले विश्वास लिएको छ । 
 

प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटरयुटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।