Like us!
Follow us!

लाभांश पारितसँगै अपि पावरको संयुक्त साधारण सभा सम्पन्न

लाभांश पारितसँगै अपि पावरको संयुक्त साधारण सभा सम्पन्न

लगानी खबर, काठमाडौँ - अपि पावर कम्पनी लिमिटेडकाे सोह्रौँ र सत्रौँ वार्षिक साधारण सभा आज (मंसिर ८ गते, साेमबार) कम्पनीको प्रधान कार्यालय, ट्रेड टावर, थापाथली, काठमाडौँमा भर्चुअल माध्यम मार्फत सम्पन्न भएकाे छ । 

सभाले सञ्चालक समितिकाे बैठकले निर्णय गरेबमाेजिम शेयरधनीलाई आर्थिक वर्ष २०७५/ ०७६ को खुद मुनाफाबाट चुक्तापुँजीको ५ प्रतिशत दरले र आर्थिक वर्ष  २०७६/ ०७७ को खुद मुनाफाबाट चुक्ता पुँजीको ९ प्रतिशतका दरले गरी १४ प्रतिशत बोनस शेयर वितरण गर्ने विशेष प्रस्ताव पारित गरेकाे छ ।

यसैगरी, सभामा कम्पनीकाे सञ्चालक समितिकाे तर्फबाट अध्यक्ष गुरूप्रसाद न्याैपानेद्वारा पेश गरिएकाे आर्थिक वर्ष २०७५/७६  र २०७६/७७ को वार्षिक प्रतिवेदन पारित गरिएकाे छ । त्यस्तै, सभामा कम्पनीकाे आर्थिक वर्ष २०७५/७६  र २०७६/७७ काे लेखापरीक्षण प्रतिवेदन, वासलात, नाफा नाेक्सान हिसाब र साेहि अवधिकाे नगद प्रवाह विवरण लगायतका वित्तिय विवरणहरू छलफल गरी पारित गरीएकाे छ ।

प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटरयुटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।