Like us!
Follow us!

नेप्सेमा नारायणी डेभलपमेन्ट बैंकको बोनस सुचिकृत तथा कारोबार फुक्का

नेप्सेमा नारायणी डेभलपमेन्ट बैंकको बोनस सुचिकृत तथा कारोबार फुक्का

लगानी खबर, काठमाडौँ - नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा आज (साेमबार) नारायणी डेभलपमेन्ट बैंक लिमिटेडकाे शेयर सूचिकृत हुनुका साथै काराेबार समेत फुक्का भएकाे छ ।

स्टकका अनुसार बैंककाे २ लाख १८ हजार ७ सय ४६ कित्ता बोनस शेयर धिताेपत्र सूचिकरण विनियमावली, २०७५ बमाेजिम नेप्सेमा काराेबार हुन सक्ने गरी सूचिकृत भएकाे हाे ।

यसका साथै, आज (मंसिर ८ गते, साेमबार) राेक्का भएकाे बैंककाे काराेबार समेत फुकुवा गरिएकाे छ । नेपाल राष्ट्र बैंकले समस्याग्रस्त सुचीमा राखेपछि बैंकको शेयर कारोबार रोक्का भएको थियो  ।

नेप्सेले प्रकाशन गरेकाे सूचना यस प्रकारकाे छ :

5fbb8a7c2c37f.jpg

प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटरयुटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।