लगानी खबर, काठमाडौँ - नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेडकाे लाभांश घाेषणा गरिएकाे छ ।
कम्पनीको आज (मंसिर ८ गते, साेमबार) बसेको सञ्चालक समितिको बैठकले २५ प्रतिशत बोनस र १० प्रतिशत नगद गरि कुल ३५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । उक्त लाभांश कम्पनीकाे आगामी वार्षिक साधारण सभाले पारित गरेपश्चात वितरण गरिनेछ ।
त्यसैगरी, कम्पनीले मंसिर ३० गते कम्पनीकाे ५३ अाैँ वार्षिक साधारण सभा आह्वान गरेको छ ।
कम्पनीले प्रकाशन गरेकाे सूचना यस प्रकारकाे छ :
प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई
[email protected] मा पठाउनु होला।
समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो
फेसबुक पेजका साथै ट्वीटर र
युटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।