Like us!
Follow us!

विप्रेषण कारोबारमा आइएमईलाई लगातार चौथो सम्मान

विप्रेषण कारोबारमा आइएमईलाई लगातार चौथो सम्मान

लगानी खबर, काठमाडौँ - आइएमई रेमिट विप्रेषणतर्फ सबैभन्दा धेरै आयकर तिर्ने कम्पनीका रूपमा सम्मानित भएको छ । आन्तरिक राजस्व विभागले कर दिवसका अवसरमा सबैभन्दा बढी कर तिर्ने १५ करदातालाई सम्मान गरेकोमा यो सूचीमा आइएमई विप्रेषण क्षेत्रमा पहिलो कम्पनी पर्न सफल भएको हो ।

विप्रेषणको कारोबार गर्ने मध्ये सबैभन्दा बढी आयकर तिर्ने करदाताको रूपमा आइएमईलाई यो लगातार चौथो सम्मान हो ।

श्रमका लागि विदेशमा गएका युवाले आर्जन गर्ने रेमिटेन्स बैंकिङ्ग संजाल मार्फत नेपाल भित्र्याउने उद्देश्यले आजभन्दा बीस वर्षअघि स्थापित आइएमईलाई नेपालको समग्र रेमिटेन्स व्यवसाय संस्थागत गरेको श्रेय जान्छ । आइएमई विदेशबाट बैंकिङ्ग च्यानलमार्फत नेपालमा विप्रेषण भित्र्याउने नेपालको अगुवा संस्था हो ।   

प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटरयुटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।