Like us!
Follow us!

सोमबार सुनचाँदीको मूल्य कति ?

सोमबार सुनचाँदीको मूल्य कति ?

लगानी खबर, काठमाडौँ - नेपाली बजारमा आज (साेमबार) सुन र चाँदी दुवैकाे मूल्य स्थिर रहेकाे छ ।

आइतबार तोलामा ३ सय रुपैयाँले बढेर  प्रतितोला ९४ हजार ३ सय रुपैयाँ कायम रहेकाे सुनकाे मूल्य आज स्थिर रही साेही मूल्यमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । यस्तै, तेजावी सुनको मूल्य पनि प्रतितोला ९३ हजार ८ सय रुपैयाँ नै कायम भएको छ । 

त्यसैगरी, साेमबार चाँदीको भाउ पनि प्रतिताेला एक हजार २ सय १० रूपैयाँमा नै कारोबार भइरहेको महासंघले जनाएकाे छ ।

प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटरयुटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।