Like us!
Follow us!

नेपाल इन्भेष्टमेन्ट बैंकले पायो सिटी एक्सप्रेस फाइनान्सलाई गाभ्न अन्तिम स्वीकृति

नेपाल इन्भेष्टमेन्ट बैंकले पायो सिटी एक्सप्रेस फाइनान्सलाई गाभ्न अन्तिम स्वीकृति

लगानी खबर, काठमाडौँ - नेपाल राष्ट्र बैंकले नेपाल इन्भेष्टमेन्ट बैंक लिमिटेडलाई सिटी एक्सप्रेस फाइनान्स लिमिटेडलाई गाभ्नका लागि अन्तिम स्वीकृति प्रदान गरेको छ । बैंकको हिजाे (मंसिर ७ गते, आइतबार) बसेको सञ्चालक समिति बैठकले ‘बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन २०७३’ बमोजिम मर्जर प्रक्रिया सम्पन्न गर्न अन्तिम स्वीकृति प्रदान गरेको हाे ।

दुवै कम्पनीकाे असाेज २८ गते, बुधबार सम्पन्न विशेष साधारण सभाले मर्जर सम्बन्धी प्रस्ताव पारित गरेका थिए । नेपाल इन्भेष्टमेन्ट बैंकले सिटी एक्सप्रेस फाइनान्सलाई १००ः३० कित्ताको अनुपातमा गाभ्न थालेकाे हाे । यसकाे मतलव सिटी एक्सप्रेसको १०० कित्ता शेयर हुनेले नेपाल इन्भेष्टमेन्ट बैंकको ३० कित्ता शेयर पाउनेछन् ।

 

प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटरयुटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।