Like us!
Follow us!

नेप्सेमा आरएमडीसी लघुवित्तको शेयरमूल्य समायाेजन

नेप्सेमा आरएमडीसी लघुवित्तको शेयरमूल्य समायाेजन

लगानी खबर, काठमाडौँ - नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा आरएमडीसी लघुवित्त वित्तीय संस्था लिमिटेडकाे बाेनस शेयरमा मूल्य समायाेजन भएकाे छ । 

संस्थाकाे १५ प्रतिशत बाेनस शेयर पछि नेप्सेले प्रतिकित्ता ८६१ रूपैयाँ कायम हुने गरी शेयर मूल्य समायोजन गरेको हाे । नेप्सेले आइतबारको अन्तिम कारोबार मूल्य ९९० रुपैयाँका आधारमा मूल्य समायोजन गरेको हो ।

संस्थाकाे कार्तिक २४ गते, साेमबार बसेकाे सञ्चालक समितिकाे बैठकले गरेकाे निर्णय अनुसार संस्थाकाे २२औँ वार्षिक साधारण सभा मंसिर २२ गते, साेमबार हुनेछ । संस्थाले आर्थिक वर्ष २०७६/ ७७ को वार्षिक प्रतिवेदन र प्रस्तावित लाभांश पारित गर्नका लागि साधारण सभा आह्वान गरेकाे हाे ।

सभामा संस्थाकाे भाद्र २२ गते साेमबार बसेकाे सञ्चालक समितिकाे बैठकले गरेकाे निर्णय अनुसार आर्थिक वर्ष २०७६/०७७ काे वितरण याेग्य मुनाफाबाट संस्थाका शेयरधनीहरूलाई १५ प्रतिशत बोनस र ५ प्रतिशत नगद (कर सहित) गरी कुल २० प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गरिनेछ । उक्त लाभांश राष्ट्र बैंकले कार्तिक १३ गते बिहीबार नै स्वीकृत गरिसकेकाे छ ।

 

5fbb169d79cc6.jpg

प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटरयुटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।