लगानी खबर, काठमाडौँ - युनाईटेड इदी–मर्दी एण्ड आरबि हाइड्रोपावर लिमिटेडले मंसिर ३ गते, बुधबारबाट निष्कासन तथा बिक्री खुल्ला गरेकाे साधारण शेयर (आइपिओ) काे आज (मंसिर ७ गते, आइतबार) अन्तिम दिन हाे ।
अन्तिम दिन सम्ममा ५ लाख ५७ हजार २ सय ८९ जना आवेदकले १ अर्ब ६९ लाख रुपैयाँ बराबरको १ करोड ६९ हजार कित्ताका लागि आवेदन दिएका निष्कासन तथा बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटल लिमिटेडले जानकारी दिएकाे छ । याे सर्वसाधारणका लागि माग गरिएकाे भन्दा १२.३९ गुणा धेरै आवेदन हाे । कम्पनीले सर्वसाधारणहरुका लागि ८ लाख १२ हजार ७ सय ३६ कित्ता माग गरेकाे थियाे ।
कम्पनीले ८ लाख ७३ हजार ९ सय १० कित्ता साधारण शेयर (आइपिओ) निष्कासन गरेको हाे । जसमध्ये ४३ हजार ६९६ कित्ता शेयर सामूहिक लगानी कोषका लागि, १७ हजार ४ सय ७८ कित्ता कर्मचारीहरुका लागि र बाँकी ८ लाख १२ हजार ७ सय ३६ कित्ता सर्वसाधारणहरुका लागि निष्कासन गरिएकाे हो ।
केयर रेटिङ्ग नेपालले कम्पनीलाई ‘केयर एनपी डबल बी प्लस (आइएस)’ रेटिङ्ग प्रदान गरेको छ । यसले समयमा नै वित्तीय दायित्व पुरा गर्ने सम्बन्धमा मध्यम रुपमा सुरक्षित रहेको संकेत गर्दछ ।
प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई
[email protected] मा पठाउनु होला।
समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो
फेसबुक पेजका साथै ट्वीटर र
युटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।