Like us!
Follow us!

दिनहुँ नयाँ कीर्तिमानीतर्फ शेयर बजार : कारोबार रकम अहिलेसम्मकै धेरै

दिनहुँ नयाँ कीर्तिमानीतर्फ शेयर बजार : कारोबार रकम अहिलेसम्मकै धेरै

लगानी खबर, काठमाडौँ - साताकाे पहिलाे दिन आज (आइतबार) शेयर बजारले उकालाे यात्रा तय गरेकाे छ । आइतबार पनि शेयर बजारमा काराेबार रकमले नयाँ रेकर्ड बनाएकाे छ ।

 नेपाल स्टक एक्सचेञ्जका अनुसार आइतबार शेयर कारोबार मापक नेप्से परिसूचक ४.६९ अंकले बढेर एक हजार ७८२.८१ मा पुगेकाे छ । नेप्से ०.२६ प्रतिशतले बढेकाे हो । यस्तै सेन्सेटिभ परिसूचक २ अंकले बढेर ३४५.०७ मा पुगेको छ ।

कूल २०१ वटा कम्पनीकाे एक कराेड ६० लाख ३४ हजार ७ सय १७ कित्ता शेयर खरिदबिक्री हुँदा ६ अर्ब ९० करोड ६७ लाख २८ हजार ३ सय १५ रुपैयाँको कारोबार भएकाे नेप्सेले जनाएकाे छ ।

त्यसैगरी, स्टकका अनुसार कारोबार भएका कूल १२ उपसमूहमध्ये आज ३ वटा उपसमूहकाे शेयर बढेकाे छ भने बाँकी ९ वटा उपसमूहकाे शेयर घटेकाे छ ।

हेराैँ आजकाे शेयर तालिका :

5fba2ffbdfafd.jpg 5fba3002f2d59.jpg 5fba300c5a6af.jpg 5fba30167fe9e.jpg 5fba301e1321d.jpg

प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटरयुटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।