Like us!
Follow us!

रसुवागढी हाइड्रोपावर नाफामा गयो (विवरणसहित)

रसुवागढी हाइड्रोपावर नाफामा गयो (विवरणसहित)

लगानी खबर, काठमाडौँ - रसुवागढी हाइड्रोपावर कम्पनी लिमिटेडले चालु आर्थिक वर्ष २०७७/७८ को पहिलाे त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको छ । उक्त विवरण अनुसार कम्पनी नाफामा गएकाे छ ।

पहिलाे त्रैमासमा कम्पनीले ४९ लाख ४९ हजार रुपैयाँ खुद नाफा आर्जन गर्न सफल भएकाे छ । गत आर्थिक वर्षकाे यसै अवधिमा कम्पनी एक करोड ४६ लाख ७६ हजार रुपैयाँ नोक्सानमा रहेको थियो । कम्पनीकाे अन्य स्रोतबाट हुने आम्दानी बढेपछि खुद नाफा आर्जन गर्न मद्दत पुगेकाे हाे । कम्पनीले विद्युत उत्पादन सुरु गरिसकेकाे छैन ।

असाेज मसान्तसम्ममा कम्पनीले अन्य स्रोतबाट १ करोड २८ लाख ३३ हजार रूपैयाँ आम्दानी गरेको छ ।

त्यस्तै, कम्पनीकाे चुक्ता पूँजी ६ अर्ब १५ करोड ७८ लाख ९० हजार रुपैयाँ हुँदा जगेडा कोष भने १९ करोड ६८ लाख रुपैयाँ ऋणात्मक रहेको छ । । पहिलाे त्रैमासमा कम्पनीको प्रतिशेयर आम्दानी ३२ पैसा र प्रतिशेयर नेटवर्थ ९६ रुपैयाँ ८० पैसा रहेकाे छ । 

कम्पनीले सार्वजनिक गरेकाे पहिलाे त्रैमास​को वित्तीय विवरण यस प्रकारकाे छ :

5fba2b16bfce6.jpeg

प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटरयुटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।