Like us!
Follow us!

राधी विद्युतको नाफा ४.१२ प्रतिशतले बढ्दा के भयाे अरू सूचक ? (विवरणसहित)

राधी विद्युतको नाफा ४.१२ प्रतिशतले बढ्दा के भयाे अरू सूचक ? (विवरणसहित)

लगानी खबर, काठमाडौँ - राधी विद्युत कम्पनी लिमिटेडले चालु आर्थिक वर्ष २०७७/७८ को पहिलाे त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको छ । 

उक्त विवरण अनुसार पहिलाे त्रैमासमा कम्पनीले २ करोड ५७ लाख ७ हजार रुपैयाँ खुद नाफा आर्जन गर्न सफल भएकाे छ । उक्त नाफा रकम गत आर्थिक वर्षकाे यसै अवधिको तुलनामा ४.१२ प्रतिशतले धेरै हाे । गत आर्थिक वर्षकाे यसै अवधिमा कम्पनीले २ करोड ४६ लाख ९० हजार रुपैयाँ खुद नाफा आर्जन गरेकाे थियो । 

यसैगरी, पहिलाे त्रैमासमा कम्पनीले बिजुली बेचेर ४ करोड ५२ लाख रूपैयाँ आम्दानी गरेको छ । उक्त रकम गत आर्थिक वर्षकाे यसै अवधिको तुलनामा ३.५१ प्रतिशतले थाेरै हाे । गत आर्थिक वर्षकाे यसै अवधिसम्ममा कम्पनीले बिजुली बेचेर ४ करोड ६८ लाख रुपैयाँ आम्दानी गरेको थियाे । 

त्यस्तै, कम्पनीकाे चुक्ता पूँजी ४७ करोड ३५ लाख रुपैयाँ, प्रतिशेयर आम्दानी २१ रुपैयाँ ७१ पैसा र प्रतिशेयर नेटवर्थ १४४ रुपैयाँ १४ पैसा रहेकाे छ । 

कम्पनीले सार्वजनिक गरेकाे पहिलाे त्रैमास​को वित्तीय विवरण यस प्रकारकाे छ :

5fba1b8d8338c.jpg

प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटरयुटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।