लगानी खबर, काठमाडौँ - अपि पावर कम्पनी लिमिटेडकाे सोह्रौँ र सत्रौँ वार्षिक साधारण सभा भाेलि (मंसिर ८ गते, साेमबार) हुँदैछ ।
कम्पनीकाे कार्तिक १४ गते, शुक्रबार बसेकाे सञ्चालक समितिकाे बैठकले गरेकाे निर्णय अनुसार उक्त सभा कम्पनीको प्रधान कार्यालय, ट्रेड टावर, थापाथली, काठमाडौँबाट भर्चुअल माध्यम मार्फत बिहान ११ बजेदेखि सुरू हुनेछ ।
सभामा आर्थिक वर्ष २०७५/७६ को खुद मुनाफाबाट चुक्ता पूँजीको ५ प्रतिशतका दरले बोनस शेयर र आर्थिक वर्ष २०७६/७७ को खुद मुनाफाबाट चुक्ता पूँजीको ९ प्रतिशत गरी कुल १४ प्रतिशत बोनस शेयर वितरण गर्ने विशेष प्रस्ताव पारित गरिनेछ । यसका साथै, आर्थिक वर्ष २०७५/७६ को बोनस शेयरको कर प्रयोजनको लागि ०.२६ प्रतिशत र आर्थिक वर्ष २०७६/७७ को बोनस शेयरको कर प्रयोजनको लागि ०.४७ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पनि रहेकाे छ ।
यस्तै, कम्पनीले १६औँ वार्षिक साधारण सभा प्रयोजनको लागि २०७६ साल चैत्र १ गतेदेखि चैत्र ७ गतेसम्म बुकक्लोज गरेकाे थियाे । त्यसैले, चैत्र १ गतेभन्दा अघिल्लो दिनसम्म नेप्सेमा कारोबार भइ कायम शेयरधनीहरुले मात्र आर्थिक वर्ष २०७५/७६ को बोनस शेयर प्राप्त गर्न सक्नेछन् । त्यस्तै, १७औँ वार्षिक साधारण सभा प्रयोजनको लागि कम्पनीले मंसिर १ गतेदेखि ७ गतेसम्म बुकक्लोज गरेकाे छ । त्यसैले, कार्तिक २७ गते बिहीबारसम्म नेप्सेमा कारोबार भइ कायम शेयरधनीहरु तथा १६ औँ वार्षिक साधारण सभामा प्रस्तावित ५ प्रतिशतका दरले लाभांश प्राप्त गर्ने शेयरधनीहरुले आर्थिक वर्ष २०७६/७७ को खुद मुनाफा प्राप्त गर्न सक्नेछन् ।
त्यसैगरी, सभामा बैंककाे सञ्चालक समितिकाे तर्फबाट अध्यक्षद्वारा आर्थिक वर्ष २०७५/७६ र २०७६/७७ को वार्षिक प्रतिवेदन, आर्थिक वर्ष २०७५/७६ र २०७६/७७ काे लेखापरीक्षण प्रतिवेदन,आर्थिक वर्ष २०७५/७६ र २०७६/७७ को लागि लेखापरीक्षक नियुक्ती गरी पारिश्रमिक ताेक्ने लगायतका एजेन्डाहरू छलफल गरी पारित गरीनेछ ।
कम्पनीले प्रकाशन गरेकाे सूचना यस प्रकारकाे छ :
प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई
[email protected] मा पठाउनु होला।
समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो
फेसबुक पेजका साथै ट्वीटर र
युटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।