Like us!
Follow us!

बढ्यो सुनको भाउ, कतिमा हुँदैछ कारोबार ?

बढ्यो सुनको भाउ, कतिमा हुँदैछ कारोबार ?

लगानी खबर, काठमाडौँ - साताको पहिलो दिन आज (आइतबार) नेपाली बजारमा सुनकाे मूल्यले उकालाे यात्रा तय गरेकाे छ ।

आइतबार सुनकाे मूल्य ताेलामा ३ सय रुपैयाँले बढेर  प्रतितोला ९४ हजार ३ सय रूपैयाँमा काराेबार भइरहेकाे नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । यस्तै, आइतबार तेजावी सुनको मूल्य पनि ताेलाकाे ३ सय रुपैयाँले नै बढेर प्रतितोला ९३ हजार ८ सय रुपैयाँ कायम भएको छ । 

त्यसैगरी, आइतबार चाँदीकाे मूल्य भने स्थिर रहेकाे छ ।  आइतबार पनि चाँदी प्रतिताेला एक हजार २ सय १० रूपैयाँ नै कायम रहेको महासंघले बताएकाे छ ।

प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटरयुटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।