Like us!
Follow us!

नेपाल टेलिकमले अटम अफर परिमार्जन गरी थप्याे नयाँ सुविधा

नेपाल टेलिकमले अटम अफर परिमार्जन गरी थप्याे नयाँ सुविधा

लगानी खबर, काठमाडौँ - नेपाल टेलिकमले हाल उपलब्ध गराइरहेको अटम अफर (Autumn Offer) अन्तर्गतको प्रतिदिन १ जिबी डाटा प्याक (1 GB Per day Data Pack) लाई थप सुविधा सहित केही परिमार्जन गरेको छ । परिमार्जित अफर आज (मंसिर ५ गते, शुक्रबार) राती १२ बजे पश्चात लागु हुनेछ । 

हाल उपलब्ध भइरहेको प्रतिदिन १ जिबी डाटा प्याक (1 GB Per day Data Pack) अन्तर्गत प्रतिदिन १ जिबी डाटा प्रयोग गर्न सकिने गरी ७ दिनका लागि २ सय ५० रूपैयाँमा उपलब्ध भइरहेको प्याक र २८ दिनका लागि ८ सय ५० रूपैयाँमा उपलब्ध भइरहेको प्याकमा भ्वाइस सुविधा थप हुनेगरी नयाँ इको भ्वाइस प्लस डाटा कम्बो प्याक (Eco Voice+Data Combo Pack) ल्याइएको हो ।  

सो अनुसार इको भ्वाइस प्लस डाटा कम्बो प्याक (Eco Voice+Data Combo Pack) अन्तर्गत २ सय ५० रूपैयाँमा प्रतिदिन १४ मिनेटको हिसाबले जम्मा ९८ मिनेट भ्वाइस कल र प्रतिदिन १ जिबी डाटाको हिसाबले जम्मा ७ जिबी डाटा ७ दिनभित्र प्रयोग गर्न सकिनेछ । यसैगरी ८ सय ५० रूपैयाँमा प्रतिदिन १४ मिनेटको हिसाबले जम्मा ३ सय ९२ मिनेट भ्वाइस कल र प्रतिदिन १ जिबी डाटाको हिसाबले जम्मा २८ जिबी डाटा २८ दिनभित्र प्रयोग गर्न सकिनेछ । 

 

प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटरयुटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।