Like us!
Follow us!

सेञ्चुरी बैंकद्वारा अनलाइन एकाउन्ट सेवा सुरू

सेञ्चुरी बैंकद्वारा अनलाइन एकाउन्ट सेवा सुरू

लगानी खबर, काठमाडौँ -  सेञ्चुरी कमर्सियल बैंक लिमिटेडले Digital Banking लाई अझै सहज बनाउने प्रयास स्वरूप ग्राहकहरूको सेवालाई ध्यानमा राखी सेञ्चुरी सहज खाता (Century Sahaj Khata) र सेञ्चुरी क्लीक एकाउन्ट (Century Click Account) भन्ने दुई प्रकारको अनलाइन एकाउन्ट सेवा सुरू गरेको छ । 

ग्राहकहरूले घरमै बसेर शुन्य मौज्दातमा खोल्न सक्ने उक्त खाताहरूमा बैंकले वार्षिक ५.५० % को दरले त्रैमासिक रूपमा ब्याज भुक्तानी गर्नेछ । बचत खातामा उच्चतम प्रतिफलका साथ खोल्न मिल्ने उक्त खाताहरू Digitally खुल्ने र ग्राहकहरू बैंकमा उपस्थित हुन नपर्ने हुँदा Digital Banking लाई प्राथमिकता दिँदै उक्त बचत खाताहरू प्रवर्धनको निम्ती बढि ब्याजदर दिइएको बैंकले जनाएकाे छ ।

सेञ्चुरी सहज खातामा नयाँ ग्राहकले खाता खोल्ना साथै तुरून्तै पैसा जम्मा गरी Century Pay मार्फत Wallet को कारोबार समेत गर्न सक्नेछन् । यस नयाँ सेवा मार्फत ग्राहकहरूले विभिन्न डिजिटल माध्यमबाट प्रति दिन ५ हजार रूपैयाँ बराबरकाे Cash Less कारोबार गर्न सक्नेछन् । उक्त खातामा वार्षिक १ लाख रूपैयाँसम्म कारोबार गर्न सकिनेछ ।        

सेञ्चुरी क्लीक एकाउन्ट मा नयाँ ग्राहकले अनलाइन बाटै खाता खोल्ना साथै तुरून्तै पैसा जम्मा गर्न सक्नेछन् । उक्त खातामा वार्षिक १५ लाखसम्म कारोबार समेत गर्न सकिनेछ । विशेषगरी विदेशमा रहेका नेपालीहरूलाई लक्षित गरि बैंकले यो खाता संचालनमा ल्याएको हो । 

त्यसैगरी, उक्त खाताहरू खोल्दा आवश्यक Verification Code बैंकले आधिकारिक मोबाइलमा वा ईमेलमा उपलब्ध गराउनेछ ।

 

 

प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटरयुटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।