लगानी खबर, काठमाडौँ - नियामक निकाय नेपाल धितोपत्र बोर्ड (सेबोन) ले सानिमा बैंक लिमिटेड र बैंक अफ काठमाण्डू लिमिटेडलाई ऋणपत्र निष्कासन गर्न अनुमति दिएको छ । बोर्डले सानिमा बैंकलाई कार्तिक २४ गते साेमबार र बैंक अफ काठमाण्डूलाई कार्तिक २७ गते बिहीबार ऋणपत्र निष्कासन गर्न अनुमति दिएको हाे ।
सानिमा बैंक लिमिटेड :
सानिमा बैंक लिमिटेडले १० वर्ष अवधिकाे लागि ४ अर्ब रूपैयाँ बराबरको ‘१०.२५ प्रतिशत सानिमा बैंक डिबेन्चर २०८६’ निष्कासन गर्नका लागि गत पुस २७ गते सेबाेनमा निवेदन पेश गरेकाे थियाे । १०.२५ प्रतिशत व्याजदर रहेकाे ४० लाख कित्ता ऋणपत्रमध्ये बैंकले सर्वसाधारणका लागि १६ लाख कित्ता र व्यक्तिगत रुपमा विभिन्न संघ संस्थालाई २४ लाख कित्ता बिक्री गर्नेछ । बैंककाे उक्त ऋणपत्रमा निष्कासन तथा बिक्री प्रबन्धकको काम एनआईसी एशिया क्यापिटल लिमिटेडले गर्नेछ ।
बैंक अफ काठमाण्डू लिमिटेड :
बैंक अफ काठमाण्डू लिमिटेडले १० वर्ष अवधिकाे लागि १ अर्ब ६० कराेड रूपैयाँ बराबरको “१०.२५ प्रतिशत डिबेन्चर २०८६” निष्कासन गर्नका लागि गत माघ १६ गते सेबाेनमा निवेदन पेश गरेकाे थियाे । १०.२५ प्रतिशत व्याजदर रहेकाे १ अर्ब ६० कराेड रूपैयाँ बराबरको १६ लाख कित्ता ऋणपत्रमध्ये बैंकले सर्वसाधारणका लागि ६ लाख ४० हजार कित्ता र व्यक्तिगत रुपमा विभिन्न संघ संस्थालाई ९ लाख ६० हजार कित्ता बिक्री गर्नेछ । बैंककाे उक्त ऋणपत्रमा निष्कासन तथा बिक्री प्रबन्धकको काम नबिल इन्भेष्टमेन्ट बैंकिङ्ग लिमिटेडले गर्नेछ ।
प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई
[email protected] मा पठाउनु होला।
समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो
फेसबुक पेजका साथै ट्वीटर र
युटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।