Like us!
Follow us!

माउन्टेन इनर्जीको आइपिओ पाउन भाग्यमा भर पर्नुपर्ने : यस्तो आयो अन्तिम तथ्यांक

माउन्टेन इनर्जीको आइपिओ पाउन भाग्यमा भर पर्नुपर्ने : यस्तो आयो अन्तिम तथ्यांक

लगानी खबर, काठमाडौँ -  माउन्टेन इनर्जी नेपाल लिमिटेडको साधारण शेयर (आइपीओ) काे अन्तिम तथ्यांक सार्वजनिक भएकाे छ ।

अन्तिम दिनसम्ममा ६ लाख ७४ हजार जना आवेदकले १ अर्ब ३९ करोड ४४ लाख ४१ हजार रुपैयाँ बराबरको १ करोड ३९ लाख ४४ हजार ४१० कित्ताको लागि आवेदन  दिएका निष्कासन तथा बिक्री प्रबन्धक नबिल इन्भेष्टमेण्ट बैंकिङ्ग लिमिटेडले जानकारी दिएकाे छ । यो सर्वसाधारणका लागि माग गरिएकाे भन्दा ७.६१ गुणा धेरै हो । 

यस अन्तिम तथ्यांकलाई हेर्दा न्युनतम १० कित्ताको दरले वितरण गर्दा १ लाख ८३ हजार २६ जना आवेदकले मात्र शेयर हात पार्नेछन् भने बाँकी ४ लाख ९० हजार ९ सय ७३ जनाको हात खाली हुनेछ । उक्त आइपीओ अर्को साता बाँडफाँट गर्ने तयारी गरिएकाे छ ।

कम्पनीले कात्तिक २६ गते, बुधबारदेखि मंसिर ३ गते, बुधबारसम्म १९ लाख ६८ हजार २७ कित्ता शेयर निष्कासन गरेको थियाे । जसमध्ये २ प्रतिशत अर्थात ३९ हजार ३६१ कित्ता कर्मचारीहरुलाई र ५ प्रतिशत अर्थात ९८ हजार ४०१ कित्ता सामूहिक लगानी कोष र बाँकी १८ लाख ३० हजार २६५ कित्ता सर्वसाधारणहरुका लागि निष्कासन गरेको हो । 

प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटरयुटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।