Like us!
Follow us!

सुनको ओरालाे यात्रामा निरन्तरता

सुनको ओरालाे यात्रामा निरन्तरता

लगानी खबर, काठमाडौँ - आजकाल नेपाली बजारमा सुनकाे मूल्य लगातार घट्दै गइरहेकाे छ । दिनहुँ घटिरहेकाे सुनकाे मूल्यले साताकाे अन्तिम दिन आज (शुक्रबार) पनि ओरालाे यात्रा तय गरेकाे छ । 

शुक्रबार सुनकाे मूल्य ताेलाकाे ४ सय रुपैयाँले घटेर  प्रतिताेला ९४ हजार रुपैयाँमा काराेबार भइरहेकाे नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । यस्तै, शुक्रबार तेजावी सुनको भाउ पनि ताेलाकाे ४ सय रूपैयाँले नै घटेर प्रतितोला ९३ हजार ५ सय रूपैयाँ निर्धारण गरिएको छ ।

त्यसैगरी, शुक्रबार चाँदीकाे मूल्य पनि तोलामा ५ रुपैयाँले घटेर प्रतितोला एक हजार २ सय १० रूपैयाँमा काराेबार भइरहेकाे महासंघले बताएकाे छ ।

प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटरयुटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।