Like us!
Follow us!

एनआइसी एशिया क्यापिटलले पनि ल्याउने भयाे खुल्लामुखी म्युचुअल फन्ड, धिताेपत्र बाेर्डबाट पायाे स्वीकृति

एनआइसी एशिया क्यापिटलले पनि ल्याउने भयाे खुल्लामुखी म्युचुअल फन्ड, धिताेपत्र बाेर्डबाट पायाे स्वीकृति

लगानी खबर, काठमाडौँ - एनआइसी एशिया क्यापिटलले धिताेपत्र बाेर्डबाट खुल्लामुखी म्युचुअल फन्ड निस्कासनकाे अनुमति पाएकाे छ ।

एनआइसी एशिया क्यापिटलकाे याे तेस्राे याेजना हाे । कम्पनीले यसलाई एनआइसी एशिया डाइनामिक डेविट म्युचुअल फण्ड नाम दिएकाे छ । उक्त फन्ड ५० कराेडकाे हुनेछ । धिताेपत्र बाेर्डले पहिलाे चरणमा कम्पनीलाई १ कराेड २५ लाख इकाइ (१२ कराेड ५० लाख बराबर) निस्कासन गर्न अनुमति दिएकाे हाे ।

यसअघि एनआइसी ग्राेथ फन्ड (एनआइसीजिएफ) र एनआइसी ब्यालेन्स फन्ड (एनआइसीबिएफ) याेजना संचालन गरिरहेकाे छ । कम्पनीले पहिलाे एनआइसीजिएफ याेजनामा यसअघि क्रमशः १० र १२ प्रतिशत लाभांश वितरण गरेकाे थियाे भने दाेस्राे याेजनामा ९ महिनामै ८ प्रतिशत लाभांश वितरण गरेकाे थियाे ।

बजारमा अहिले अधिकांश बन्दमुखी याेजनामात्र छन् । नेपाल इन्भेष्टमेन्ट बैंकले मात्र एनआइइबिएल सहभागीता फन्ड संचालनमा ल्याएकाे छ ।

No description available.

प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटरयुटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।