लगानी खबर, काठमाडौँ - साताकाे अन्तिम दिन आज (बिहीबार) शेयर बजारले नयाँ इतिहास कायम गरेकाे छ । बिहीबार कारोबार रकम र नेप्से दुवैमा उछाल देखिएकाे छ ।
नेपाल स्टक एक्सचेञ्जका अनुसार बिहीबार शेयर कारोबार मापक नेप्से परिसूचक ३६.३२ अंकले बढेर एक हजार ७७८.१२ मा पुगेकाे छ । नेप्से २.०८ प्रतिशतले बढेकाे हो । यस्तै सेन्सेटिभ परिसूचक ४.९८ अंकले बढेर ३४३.०७ मा पुगेको छ ।
कूल १९८ वटा कम्पनीकाे एक कराेड ४० लाख ६२ हजार ५ सय ७ कित्ता शेयर खरिदबिक्री हुँदा ६ अर्ब ११ करोड ६७ लाख ३० हजार ७१ रुपैयाँको कारोबार भएकाे नेप्सेले जनाएकाे छ ।
त्यसैगरी, स्टकका अनुसार कारोबार भएका कूल १२ उपसमूहमध्ये बिहीबार सबै उपसमूहकाे शेयर बढेकाे छ ।
हेराैं आजकाे शेयर तालिका :
प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई
[email protected] मा पठाउनु होला।
समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो
फेसबुक पेजका साथै ट्वीटर र
युटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।