Like us!
Follow us!

भर्खरै आइपिओ ल्याएको सानिमा जनरल इन्स्योरेन्सको नाफासँगै अधिकांश सूचकमा चमक ! (विवरणसहित)

भर्खरै आइपिओ ल्याएको सानिमा जनरल इन्स्योरेन्सको नाफासँगै अधिकांश सूचकमा चमक ! (विवरणसहित)

लगानी खबर, काठमाडाैं - सानिमा जनरल इन्स्योरेन्स कम्पनी लिमिटेडले चालु आर्थिक वर्ष २०७७/७८ को पहिलो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको छ ।

उक्त विवरण अनुसार कम्पनीले पहिलो त्रैमासमा एक कराेड ५६ लाख ६७ हजार रुपैयाँ खुद नाफा आर्जन गर्न सफल भएकाे छ । उक्त नाफा रकम गत आर्थिक वर्षकाे यसै अवधिकाे तुलनामा १०९.९९ प्रतिशतले धेरै हाे । गत वर्षको यही अवधीमा कम्पनीले ७४ लाख ६३ हजार रुपैयाँ मात्र खुद नाफा आर्जन गरेकाे थियाे ।

यसैगरी, पहिलो त्रैमासमा कम्पनीले ३ करोड ६१ लाख रुपैयाँ खुद बिमा शुल्क आम्दानी गरेकाे छ । उक्त रकम गत आर्थिक वर्षकाे तुलनामा १३ लाख ९ हजार रुपैयाँले धेरै हाे । गत वर्षकाे यही अवधीमा कम्पनीले ३ करोड ४८ लाख  रुपैयाँ खुद बिमा शुल्क आर्जन गरेकाे थियाे ।

त्यस्तै, कम्पनीकाे चुक्ता पूँजी एक अर्ब रुपैयाँ, जगेडा कोषमा ५ करोड ६४ लाख र बीमा कोषमा ६ करोड ३९ लाख रुपैयाँ रहेकाे छ । कम्पनीकाे प्रतिशेयर आम्दानी ८ रुपैयाँ ९५ पैसा र प्रतिशेयर नेटवर्थ ११८ रुपैयाँ १२ पैसा रहेको छ ।

कम्पनीले प्रकाशन गरेकाे वित्तीय विवरण यस प्रकारकाे छ :

5fb615c3b2827.jpg

प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटरयुटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।