Like us!
Follow us!

नेको इन्स्योरेन्सको नाफासँगै बढ्यो बीमाशुल्क ! (विवरणसहित)

नेको इन्स्योरेन्सको नाफासँगै बढ्यो बीमाशुल्क ! (विवरणसहित)

लगानी खबर, काठमाडाैं - नेको इन्स्योरेन्स कम्पनी लिमिटेडले चालु आर्थिक वर्ष २०७७/७८ को पहिलो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको छ ।

उक्त विवरण अनुसार कम्पनीले पहिलो त्रैमासमा १२ करोड ४४ लाख ५८ हजार रुपैयाँ खुद नाफा आर्जन गर्न सफल भएकाे छ । उक्त नाफा रकम गत आर्थिक वर्षकाे यसै अवधिकाे तुलनामा ६५.२१ प्रतिशतले धेरै हाे । गत वर्षको यही अवधीमा कम्पनीले ७ करोड ५३ लाख ३२ हजार रुपैयाँ खुद नाफा आर्जन गर्न सफल भएकाे थियाे ।

यसैगरी, पहिलो त्रैमासमा कम्पनीले ४३ करोड २८ लाख ६१ हजार रुपैयाँ खुद बिमा शुल्क आम्दानी गरेकाे छ । उक्त रकम गत आर्थिक वर्षकाे तुलनामा ३०.६३ प्रतिशतले धेरै हाे । गत वर्षकाे यही अवधीमा कम्पनीले ३३ करोड १३ लाख ५२ हजार रुपैयाँ खुद बिमा शुल्क आर्जन गरेकाे थियाे ।

कम्पनीकाे जीवन बिमा कोषको आकार पनि ३८.५७ प्रतिशतले बढेर ८९ करोड ३९ लाख २३ हजार रुपैयाँ पुगेको छ ।  गत वर्षकाे यही अवधीमा कम्पनीकाे जीवन बिमा कोषमा ६४ करोड ५० लाख ९५ हजार रुपैयाँ थियाे ।

त्यस्तै, कम्पनीकाे चुक्ता पूँजी एक अर्ब ३१ करोड ७४ लाख ३२ हजार रुपैयाँ र जगेडा कोषमा ५८ करोड ४ लाख ८ हजार रूपैयाँ रहेकाे छ । कम्पनीकाे प्रतिशेयर आम्दानी ३७ रुपैयाँ ७९ पैसा र प्रतिशेयर नेटवर्थ २१८ रुपैयाँ ४० पैसा रहेको छ ।

कम्पनीले प्रकाशन गरेकाे वित्तीय विवरण यस प्रकारकाे छ :

5fb5f946f231a.jpg

प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटरयुटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।