लगानी खबर, काठमाडौँ - फरवार्ड माइक्रोफाइनान्स लघुवित्त वित्तिय संस्था लिमिटेडले आज (मंसिर ४ गते, बिहीबार) बाट संस्थापक समूहकाे शेयर लिलाम बढाबढ गरी बिक्री खुल्ला गरेकाे छ । संस्थाले आरएमडिसी लघुवित्तकाे स्वामित्वमा रहेको ३ लाख ७५ हजार ३ सय ७ दशमलव ५७ कित्ता संस्थापक समूहकाे शेयर खुल्ला गरेकाे हाे ।
उक्त शेयरकाे न्यूनतम मूल्य प्रति कित्ता ९ सय ५३ रूपैयाँ ३६ पैसा रहेकाे छ । त्यसैले, यस लिलामी शेयरमा न्यूनतम ९५३ रुपैयाँ ३६ पैसा वा सो भन्दा बढी मूल्य कबोल गरी गोप्य शिलबन्दी बोलपत्र पेश गर्नुपर्नेछ । आवेदन दिँदा न्युनतम एक हजार कित्ता र अधिकतम सबै कित्ताको लागि आवेदन दिन सकिनेछ ।
त्यसैगरी, उक्त शेयरहरू खरिद गर्न इच्छुक संस्थापक शेयरधनी तथा अन्य व्यक्ति र संस्थाहरूले आज (मंसिर ४ गते, बिहीबार) देखि पुष ८ गतेसम्म बिक्री प्रबन्धक एनआइबिएल एस क्यापिटल लिमिटेड, लाजिम्पाट, काठमाडाैँमा आइपुग्ने गरि आवेदन पेश गर्न सक्नेछन् ।
संस्थाले प्रकाशन गरेकाे सूचना यस प्रकारकाे छ :
प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई
[email protected] मा पठाउनु होला।
समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो
फेसबुक पेजका साथै ट्वीटर र
युटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।