Like us!
Follow us!

युनाईटेड इदी–मर्दीको आइपिओमा पहिलो दिन नै पर्याे माग भन्दा धेरै आवेदन !

युनाईटेड इदी–मर्दीको आइपिओमा पहिलो दिन नै पर्याे माग भन्दा धेरै आवेदन !

लगानी खबर, काठमाडौँ - युनाईटेड इदी–मर्दी एण्ड आरबि हाइड्रोपावर लिमिटेडले साधारण शेयर (आइपिओ) निष्कासन गरेकाे आज पहिलाे दिन रहेकाे छ । 

पहिलाे दिन बेलुका  ४ः३० बजेसम्ममा ५२ हजार ८ सय ८१ जना आवेदकले ११ करोड ३८ लाख २६ हजार रुपैयाँ बराबरको ११ लाख ३८ हजार २ सय ६० कित्ताका लागि आवेदन दिएका निष्कासन तथा बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटल लिमिटेडले जानकारी दिएकाे छ ।

कम्पनीले आज (मंसिर ३ गते, बुधबार) बाट सर्वसाधारणका लागि ८ लाख ७३ हजार ९ सय १० कित्ता  साधारण शेयर (आइपिओ) निष्कासन तथा बिक्री खुल्ला गरेकाे हाे । कम्पनीले पहिलाे चरणमा बिक्री नभएकाे २ लाख ४३ हजार ९ सय १० कित्ता समेत जाेडेर  ८ लाख ७३ हजार ९ सय १० कित्ता साधारण शेयर (आइपिओ) निष्कासन गरेको हाे । जसमध्ये ४३ हजार ६९६ कित्ता शेयर सामूहिक लगानी कोषका लागि, १७ हजार ४ सय ७८ कित्ता कर्मचारीहरुका लागि र बाँकी ८ लाख १२ हजार ७ सय ३६ कित्ता सर्वसाधारणहरुका लागि निष्कासन गरिएकाे हो । 

लगानीकर्ताले न्युनतम १० कित्तादेखि अधिकतम १० हजार कित्तासम्मको लागि आवेदन दिन सक्नेछन् । कम्पनीकाे उक्त साधारण शेयर सार्वजनिक गर्न निष्कासन तथा बिक्री प्रबन्धकको काम ग्लोबल आइएमई क्यापिटल लिमिटेडले गरेको छ ।

केयर रेटिङ्ग नेपालले कम्पनीलाई ‘केयर एनपी डबल बी प्लस (आइएस)’ रेटिङ्ग प्रदान गरेको छ । यसले समयमा नै वित्तीय दायित्व पुरा गर्ने सम्बन्धमा मध्यम रुपमा सुरक्षित रहेको संकेत गर्दछ ।

प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटरयुटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।