Like us!
Follow us!

महालक्ष्मी बैंकद्वारा महालक्ष्मी स्वस्तिक बगैँचा हस्तान्तरण

महालक्ष्मी बैंकद्वारा महालक्ष्मी स्वस्तिक बगैँचा हस्तान्तरण

लगानी खबर, काठमाडौँ - महालक्ष्मी विकास बैंक लिमिटेडले कार्तिक २९ गते शनिबार लक्ष्मी पूजाको अवसर पारेर ललितपुर महानगरपालिका वडा नं ५, महालक्ष्मीस्थान, ललितपुरमा शताब्दी पुरूष सत्यमोहन जोशीको प्रेरणाले महालक्ष्मी स्वस्तिक बँगैचा मर्मत तथा पुनः निर्माण कार्य सम्पन्न गरी व्यवस्थापन समितिलाई हस्तारण गरेको छ । 

उक्त बगैँचा बैंकका सञ्चालक समितिका अध्यक्ष राजेश उपाध्यायको उपस्थितिमा कार्यक्रमका प्रमुख आतिथि तथा ललितपुर महानगरपालिकाका नगर प्रमुख चिरीबाबु महर्जनले विधिवत रूपमा समुद्घाटन गरी व्यवस्थापन समितिका अध्यक्ष आत्माराम कोइरालालाई हस्तान्तरण गरेका थिए । उक्त कार्यक्रममा संस्कृतिविद् सत्यमोहन जोशीको लिखितम् शुभकामना मन्तव्य प्रस्तुत गरेका थिए ।

महालक्ष्मी मन्दिर परिसरको प्राकृतिक सौन्दर्यलाई अभिवृद्दी गर्नुका साथै मन्दिरमा दशर्न गर्न आउने दर्शनार्थीहरूलाई स्वच्छ तथा शान्त वातावरणको अनुभूति प्राप्त गर्न मद्दत पुर्याउने उद्देश्यले बैंकले उक्त बगैँचा मर्मत तथा पुनः निर्माण गरेको हो ।


                                     

प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटरयुटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।