Like us!
Follow us!

आइपिओ ल्याउन लागेको सिटिजन लाइफको कति छ नाफा ? (विवरणसहित)

आइपिओ ल्याउन लागेको सिटिजन लाइफको कति छ नाफा ? (विवरणसहित)

लगानी खबर, काठमाडाैं - सिटिजन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले चालु आर्थिक वर्ष २०७७/७८ को पहिलो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको छ ।

उक्त विवरण अनुसार कम्पनीले पहिलो त्रैमासमा ६ करोड ११ लाख ५८ हजार रुपैयाँ खुद नाफा आर्जन गर्न सफल भएकाे छ । उक्त नाफा रकम गत आर्थिक वर्षकाे यसै अवधिकाे तुलनामा १ करोड १ लाख रूपैयाँले धेरै हाे । गत वर्षको यही अवधीमा कम्पनीले ५ करोड १ लाख ३० हजार रुपैयाँ खुद नाफा आर्जन गर्न सफल भएकाे थियाे ।

कम्पनीकाे जीवन बिमा कोषको आकार पनि १५० प्रतिशतले बढेर २ अर्ब ८२ लाख रुपैयाँ पुगेको छ ।  गत वर्षकाे यही अवधीमा कम्पनीकाे जीवन बिमा कोषमा ८० करोड ३८ लाख रुपैयाँ थियाे ।

यसैगरी, पहिलो त्रैमासमा कम्पनीले ६० करोड ८६ लाख ७३ हजार रुपैयाँ खुद बिमा शुल्क आम्दानी गरेकाे छ । उक्त रकम गत आर्थिक वर्षकाे तुलनामा ८२.५ प्रतिशतले धेरै हाे । गत वर्षकाे यही अवधीमा कम्पनीले ३३ करोड ३५ लाख २१ हजार रुपैयाँ खुद बिमा शुल्क आर्जन गरेकाे थियाे ।

त्यस्तै, कम्पनीकाे चुक्ता पूँजी एक अर्ब ७५ करोड रुपैयाँ र जगेडा कोषमा ५४ करोड ३९ लाख रूपैयाँ रहेकाे छ । कम्पनीले चुक्ता पूँजीको ३० प्रतिशतको दरले हुन आउने ७५ करोड रुपैयाँ बराबरकाे साधारण शेयर (आइपिओ) निष्कासन गर्ने तयारी गरिरहेकाे छ । आइपिओ निष्कासन पश्चात कम्पनीकाे चुक्ता पूँजी २ अर्ब ५० करोड रुपैयाँ पुग्नेछ ।

कम्पनीले प्रकाशन गरेकाे वित्तीय विवरण यस प्रकारकाे छ :

5fb4f438b83aa.jpg

प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटरयुटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।