लगानी खबर, काठमाडाैं - शिखर इन्स्योरेन्स कम्पनी लिमिटेडले चालु आर्थिक वर्ष २०७७/७८ को पहिलो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको छ ।
उक्त विवरण अनुसार कम्पनीले पहिलो त्रैमासमा १२ करोड २३ लाख २ हजार रुपैयाँ खुद नाफा आर्जन गर्न सफल भएकाे छ । उक्त नाफा रकम गत आर्थिक वर्षकाे यसै अवधिकाे तुलनामा जम्मा ०.७३ प्रतिशतले मात्र धेरै हाे । गत वर्षको यही अवधीमा कम्पनीले १२ करोड १४ लाख १५ हजार रुपैयाँ खुद नाफा आर्जन गर्न सफल भएकाे थियाे ।
कम्पनीकाे जीवन बिमा कोषको आकार पनि ५.७८ प्रतिशतले बढेर १ अर्ब ११ करोड ८४ लाख ६२ हजार रुपैयाँ पुगेको छ । गत वर्षकाे यही अवधीमा कम्पनीकाे जीवन बिमा कोषमा १ अर्ब ५ करोड ७३ लाख १० हजार रुपैयाँ थियाे ।
यसैगरी, पहिलो त्रैमासमा कम्पनीकाे खुद बिमा शुल्क भने घटेकाे छ । गत वर्षकाे यही अवधीमा ४५ करोड ८३ लाख ३५ हजार रुपैयाँ रहेको खुद बिमा शुल्क यो वर्ष घटेर ४३ करोड ४० लाख ३८ हजार रुपैयाँमा सीमित भएको छ ।
त्यस्तै, कम्पनीकाे चुक्ता पूँजी एक अर्ब ३७ करोड ४५ लाख ३ हजार ८ सय रुपैयाँ र जगेडा कोषमा ८९ करोड ७४ लाख ८७ हजार रूपैयाँ रहेकाे छ । कम्पनीकाे प्रतिशेयर आम्दानी ३५ रुपैयाँ ५ पैसा र प्रतिशेयर नेटवर्थ २६० रुपैयाँ ५ पैसा रहेको छ ।
कम्पनीले प्रकाशन गरेकाे वित्तीय विवरण यस प्रकारकाे छ :
प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई
[email protected] मा पठाउनु होला।
समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो
फेसबुक पेजका साथै ट्वीटर र
युटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।