Like us!
Follow us!

लाभांश पारित गर्न सिटिजन्स बैंकले डाक्यो साधारण सभा, बुकक्लोज कहिले ?

लाभांश पारित गर्न सिटिजन्स बैंकले डाक्यो साधारण सभा, बुकक्लोज कहिले ?

लगानी खबर, काठमाडौँ - सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले चौधौं वार्षिक साधारण सभा आह्वान गरेकाे छ ।  बैंककाे कार्तिक २८ गते बसेकाे सञ्चालक समितिकाे बैठकले गरेकाे निर्णय अनुसार बैंककाे चौधौं वार्षिक साधारण सभा मंसिर २० गते, शनिबार डिजिटल प्लाटफर्म मार्फत हुनेछ ।

बैंकले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरूलाई ११ प्रतिशत लाभांश दिने भएको छ । सभामा सञ्चालक समितिबाट प्रस्ताव गरे अनुसार शेयरधनीहरूलाई ८ प्रतिशतका दरले हुन आउने बोनस शेयर र ३ प्रतिशतका दरले हुन आउने नगद लाभांश (कर समेत) वितरण गरिने विशेष प्रस्ताव पारित गरिनेछ ।

बैंकले साधारण सभा तथा लाभांश वितरण गर्ने प्रयाेजनका लागि मंसिर ११ गते बुक क्लोज गर्ने निर्णय गरेकाे छ । त्यसैले, मंसिर १० गते, बुधबारसम्म नेप्सेमा कारोबार भई कायम शेयरधनीहरुले मात्र साधारण सभामा भाग लिन तथा लाभांश प्राप्त गर्न सक्नेछन् ।

प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटरयुटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।