Like us!
Follow us!

यस साता ७ कम्पनीको साधारण सभा हुँदै, कुनले कति लाभांश दिँदै ?

यस साता ७ कम्पनीको साधारण सभा हुँदै, कुनले कति लाभांश दिँदै ?

लगानी खबर, काठमाडौं – यस साता विभिन्न ७ वटा कम्पनीकाे साधारण सभा हुँदैछ । 

यस साता साधारण सभा हुन लागेकाे कम्पनीकाे विवरण यस प्रकारकाे छ :

१. नेपाल इन्फ्रास्ट्रक्चर बैंक लिमिटेड :

नेपाल इन्फ्रास्ट्रक्चर बैंक लिमिटेडकाे दोस्रो वार्षिक साधारण सभा मंसिर ३ गते, बुधबार हुँदैछ । बैंककाे कार्तिक २ गते, आइतबार बसेकाे सञ्चालक समितिकाे बैठकले गरेकाे निर्णय अनुसार उक्त सभा बैंकको रजिष्टर्ड कार्यालय बानेश्वर, काठमाडौंमा अपरान्ह ४ बजेबाट सुरु हुनेछ । सभामा बैंकले निष्कासन गर्न लागेकाे साधारण शेयर (आइपिओ) काे छिनाेफानाे गरिनेछ । बैंकले यसअघिकाे साधारण सभामा पनि आइपीओ निष्कासन गर्ने प्रस्ताव पारित गरेकाे थियाे । तर शेयर निष्कासन कार्यले मुर्त रूप नपाइसकेकाे हुनाले फेरि पारित गर्न लागिएकाे बैंकले जनाएकाे छ । बैंकले ८ अर्ब रुपैयाँ बराबरको ८ करोड कित्ता साधारण शेयर (आइपिओ) निष्कासन गर्न लागेकाे हाे । 

२. गुराँस लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड :

गुराँस लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडकाे कार्तिक ३ गते साेमबार बसेकाे सञ्चालक समितिकाे बैठकले गरेकाे निर्णय अनुसार कम्पनीकाे दशाैँ वार्षिक साधारण सभा मंसिर ४ गते, बिहीबार कम्पनीकाे प्रधान कार्यालय, राज भवन, तिनकुने, काठमाडौँमा बिहान १०:३० बजेबाट सुरु हुनेछ । सभामा कम्पनीकाे भाद्र १९ गते बसेकाे सञ्चालक समितिकाे बैठकले गरेकाे निर्णय अनुसार आर्थिक वर्ष २०७४/७५ को मुनाफबाट कम्पनीका शेयरधनीहरूलाई ५.२५ प्रतिशत बोनस शेयर र सो मा  लाग्ने कर वापत ५१  लाख ८६ हजार ५५८ रुपैयाँ (कर प्रयोजनका लागि मात्र ) नगद लाभांश दिने विशेष प्रस्ताव पारित गरिनेछ । कम्पनीले साधारण सभा तथा लाभांश वितरण प्रयाेजनका लागि कार्तिक २० गतेबाट मंसिर ४ गतेसम्म शेयरधनी दर्ता पुस्तिका बन्द गरेकाे छ । त्यसैले, कार्तिक १९ गतेसम्म नेप्सेमा कारोबार भई कायम शेयरधनीहरुले मात्र साधारण सभामा भाग लिन तथा लाभांश प्राप्त गर्न सक्नेछन् ।

३. कृति क्यापिटल एण्ड इन्भेष्टमेन्ट लिमिटेड :

कृति क्यापिटल एण्ड इन्भेष्टमेन्ट लिमिटेडकाे कार्तिक ६ गते बिहीबार बसेकाे सञ्चालक समितिकाे बैठकले गरेकाे निर्णय अनुसार यस कम्पनीकाे नवाैँ वार्षिक साधारण सभा मंसिर ४ गते, बिहीबार जेडिए बिल्डिङ सुन्धारा, काठमाडौंमा अपरान्ह ३ बजेबाट सुरू हुनेछ । सभाले कृति क्यापिटल र माछापुच्छ्रे क्यापिटल एक आपसमा गाभ्ने गाभिने सम्बन्धमा सञ्चालक समितिको तर्फबाट प्रस्तुत प्रतिवेदन छलफल गरी पारीत गर्नेछ । यसका साथै, कृति क्यापिटल र माछापुच्छ्रे क्यापिटल एक आपसमा गाभिने सम्बन्धी भएको अन्तिम सहमतिपत्र पनि पारित गरिनेछ ।

४. माछापुच्छ्रे क्यापिटल लिमिटेड :

माछापुच्छ्रे क्यापिटल लिमिटेडकाे कार्तिक ५ गते बुधबार बसेकाे सञ्चालक समितिकाे बैठकले गरेकाे निर्णय अनुसार यस कम्पनीकाे पहिलाे वार्षिक साधारण सभा मंसिर ४ गते, बिहीबार कम्पनीकाे रजिष्टर्ड कार्यालय, एमबिएल टावर, लाजिम्पाट, काठमाडौंमा अपरान्ह ३ बजेबाट सुरू हुनेछ । सभामा ६.४ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पनि पारित गरिनेछ । यसका साथै, कृति क्यापिटल एण्ड इन्भेष्टमेन्टसँग भएको मर्जर सम्झौता अनुमोदन गर्ने प्रस्ताव पनि पारित गरिनेछ ।

५. ओरियन्टल होटल्स लिमिटेड :

ओरियन्टल होटल्स लिमिटेडकाे सञ्चालक समितिकाे बैठकले गरेकाे निर्णय अनुसार कम्पनीकाे २३औं वार्षिक साधारण सभा मंसिर ४ गते बिहीबार, कम्पनीको रजिष्टर्ड कार्यालय लाजिम्पाट काठमाडौंमा भर्चुअल माध्यमबाट सञ्चालन बिहान ११ बजेदेखि सुरू हुनेछ । सभामा सञ्चालक समितिकाे तर्फबाट अध्यक्षद्वारा वार्षिक प्रतिवेदनबारे छलफल गरी पारित गरिनेछ । त्यस्तै, कम्पनीकाे आर्थिक वर्ष २०७६/७७ काे लेखापरीक्षण प्रतिवेदन, वासलात, नाफा नाेक्सान हिसाब र साेहि अवधिकाे नगद प्रवाह विवरण लगायतका वित्तिय विवरणहरू छलफल गरी पारित गरिनेछ । सभामा आर्थिक वर्ष २०७७/७८ को लागि लेखापरीक्षक नियुक्ती गरी पारिश्रमिक पनि ताेकिनेछ । त्यसैगरी,  कम्पनीले साधारण सभा प्रयाेजनका लागि कात्तिक २० देखि मंसिर ४ गतेसम्म कम्पनीकाे शेयर दाखिला खारेज बन्द गरेकाे छ । तसर्थ कात्तिक १९ गतेसम्म नेप्सेमा कारोबार भई कायम शेयरधनीहरुले मात्र साधारण सभामा भाग लिन सक्नेछन् ।

६. एनएलजी इन्स्योरेन्स कम्पनी लिमिटेड :

एनएलजी इन्स्योरेन्स कम्पनी लिमिटेडकाे कार्तिक ५ गते बुधबार बसेकाे सञ्चालक समितिकाे बैठकले गरेकाे निर्णय अनुसार कम्पनीकाे १४औं वार्षिक साधारण सभा मंसिर ५ गते, शुक्रबार कम्पनीकाे  रजिष्टर्ड कार्यालय पानीपोखरी, काठमाडौंमा बिहान १० बजेबाट वेबिनार मार्फत सञ्चालन हुनेछ । सभामा कम्पनीको श्रावण २३ गते शुक्रबार बसेको सञ्चालक समितिको बैठकमा आर्थिक वर्ष २०७५/०७६ सम्मको सञ्चित मूनाफाबाट कम्पनीका शेयरधनीहरूलाई ७ प्रतिशतले हुन आउने ७ करोड १७ लाख २५ हजार ५ सय रूपैयाँ बराबरको बोनस शेयर  र कर प्रयोजनको लागि ०.३७ प्रतिशतले हुन आउने ३७ लाख ७५ हजार रूपैयाँ नगद लाभांश वितरण गर्ने विशेष प्रस्ताव पारित गरिनेछ ।कम्पनीले साधारण सभा तथा लाभांश वितरण प्रयाेजनका लागि कात्तिक २५ गते, मंगलबार एक दिनका लागि शेयरधनी दर्ता पुस्तिका बन्द गरेकाे छ । त्यसैले, कार्तिक २४ गते साेमबारसम्म नेप्सेमा कारोबार भई कायम शेयरधनीहरुले मात्र साधारण सभामा भाग लिन तथा लाभांश प्राप्त गर्न सक्नेछन् ।

७. बिओके क्यापिटल लिमिटेड :

बिओके क्यापिटल लिमिटेडकाे कार्तिक ५ गते बुधबा बसेकाे सञ्चालक समितिकाे बैठकले गरेकाे निर्णय अनुसार यस कम्पनीकाे पाँचाै वार्षिक साधारण सभा मंसिर ५ गते, शुक्रबार कम्पनीको कार्यालय कमलादी, काठमाडौंमा दिउँसाे १ बजेदेखि विद्युतीय माध्यमबाट सुरू हुनेछ । सभामा कम्पनीकाे सञ्चालक समितिकाे तर्फबाट अध्यक्षद्वारा आर्थिक वर्ष २०७६/७७ को वार्षिक प्रतिवेदनबारे छलफल गरी पारित गरिनेछ । त्यस्तै, कम्पनीकाे आर्थिक वर्ष २०७६/७७ काे लेखापरीक्षण प्रतिवेदन, वासलात, नाफा नाेक्सान हिसाब र साेहि अवधिकाे नगद प्रवाह विवरण लगायतका वित्तिय विवरणहरू छलफल गरी पारित गरिनेछ । सभामा आर्थिक वर्ष २०७७/७८ को लागि लेखापरीक्षक नियुक्ती गरी पारिश्रमिक पनि ताेकिनेछ । त्यसैगरी, सभामा चुक्ता पुँजीको ४.५ प्रतिशतका दरले नगद लाभांश (कर सहित) वितरण गर्ने प्रस्ताव पनि पारित गरिनेछ ।

 

प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटरयुटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।