Like us!
Follow us!

नेप्सेमा अपि पावरको शेयरमूल्य समायाेजन

नेप्सेमा अपि पावरको शेयरमूल्य समायाेजन

लगानी खबर, काठमाडौँ - नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा अपि पावर कम्पनी लिमिटेडकाे बाेनस शेयरमा मूल्य समायाेजन भएकाे छ । 

कम्पनीकाे ९ प्रतिशत बाेनस शेयर पछि नेप्सेले प्रतिकित्ता २६३ रूपैयाँ कायम हुने गरी शेयर मूल्य समायोजन गरेको हाे । नेप्सेले बिहीबारको अन्तिम कारोबार मूल्य २७९ रुपैयाँका आधारमा मूल्य समायोजन गरेको हो ।

कम्पनीकाे कार्तिक १४ गते, शुक्रबार बसेकाे सञ्चालक समितिकाे बैठकले गरेकाे निर्णय अनुसार कम्पनीकाे १६औंं तथा १७औंं वार्षिक साधारण सभा मंसिर ८ गते, साेमबार कम्पनीको प्रधान कार्यालय, ट्रेड टावर, थापाथली, काठमाडौँबाट भर्चुअल माध्यम मार्फत बिहान ११ बजेदेखि सुरू हुनेछ ।

सभामा आर्थिक वर्ष २०७५/७६ को खुद मुनाफाबाट चुक्ता पूँजीको ५ प्रतिशतका दरले बोनस शेयर र आर्थिक वर्ष २०७६/७७ को खुद मुनाफाबाट चुक्ता पूँजीको ९ प्रतिशत गरी कुल १४ प्रतिशत बोनस शेयर वितरण गर्ने विशेष प्रस्ताव पारित गरिनेछ । यसका साथै, आर्थिक वर्ष २०७५/७६ को बोनस शेयरको कर प्रयोजनको लागि ०.२६ प्रतिशत र आर्थिक वर्ष २०७६/७७ को बोनस शेयरको कर प्रयोजनको लागि ०.४७ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पनि रहेकाे छ ।

कम्पनीले १६औँ वार्षिक साधारण सभा प्रयोजनको लागि २०७६ साल चैत्र १ गतेदेखि चैत्र ७ गतेसम्म बुकक्लोज गरिसकेको छ। त्यसैले,  फागुन ३० गतेसम्म नेप्सेमा कारोबार भइ कायम शेयरधनीहरुले मात्र आर्थिक वर्ष २०७५/७६ को बोनस शेयर प्राप्त गर्न सक्नेछन् । कम्पनीले १७औँ वार्षिक साधारण सभा प्रयोजनको लागि मंसिर १ गतेदेखि ७ गतेसम्म बुकक्लोज गरेकाे छ । त्यसैले, आज (कात्तिक २६ गते, बिहीबार) सम्म नेप्सेमा कारोबार भई कायम शेयरधनीहरुले मात्र साधारण सभामा भाग लिन तथा लाभांश प्राप्त गर्न सक्नेछन् । 

त्यसैगरी, सभामा कम्पनीकाे सञ्चालक समितिकाे तर्फबाट अध्यक्षद्वारा आर्थिक वर्ष २०७५/७६  र २०७६/७७ को वार्षिक प्रतिवेदन, आर्थिक वर्ष २०७५/७६  र २०७६/७७ काे लेखापरीक्षण प्रतिवेदन,आर्थिक वर्ष २०७५/७६  र २०७६/७७  को लागि लेखापरीक्षक नियुक्ती गरी पारिश्रमिक ताेक्ने लगायतका एजेन्डाहरू छलफल गरी पारित गरीनेछ ।

 

 

 

प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटरयुटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।