Like us!
Follow us!

नबिल बैंकको नाफामा गिरावट, अन्य सूचक कस्ता ? (विवरणसहित)

नबिल बैंकको नाफामा गिरावट, अन्य सूचक कस्ता ? (विवरणसहित)

लगानी खबर, काठमाडौँ -  नबिल बैंक लिमिटेले चालु आर्थिक वर्ष २०७७/७८ को पहिलाे त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको छ । 

उक्त विवरण अनुसार चालु आर्थिक वर्षको पहिलो त्रैमासमा बैंकले १ अर्ब ३ करोड रुपैयाँ खुद नाफा आर्जन गरेकाे छ । उक्त नाफा रकम गत वर्षकाे सोही अवधिको तुलनामा ७.८२ प्रतिशतले थाेरै हाे । गत आर्थिक वर्षकाे यसै अवधिमा बैंकले १ अर्ब १२ करोड रुपैयाँ खुद नाफा आर्जन गरेकाे थियो । यस्तै, असाेज मसान्तसम्ममा बैंकको वितरणयोग्य नाफा ६२.८५ प्रतिशतले बढेर १ अर्ब २० करोड रुपैयाँ पुगेको छ । गत आर्थिक वर्षकाे यसै अवधिमा बैंकले ७४ करोड २२ लाख रूपैयाँ वितरणयोग्य नाफा कमाएकाे थियाे ।

पहिलो त्रैमासमा बैंककाे खुद व्याज आम्दानी पनि १७.६९ प्रतिशतले घटेर १ अर्ब ५७ कराेड ४० लाख १५ हजार रुपैयाँमा सीमित भएको छ । गत आर्थिक वर्षकाे यसै अवधिमा बैंकले १ अर्ब ९१ कराेड ८६ लाख रूपैयाँ खुद व्याज आम्दानी गरेकाे थियाे ।

त्यसैगरी, बैंकको सञ्चालन मुनाफा पनि ७.६७ प्रतिशतले घटेर १ अर्ब ४८ कराेड ३० लाख ६९ रुपैयाँमा झरेको छ । गत आर्थिक वर्षकाे यसै अवधिमा बैंकले १ अर्ब ६० कराेड ६२ लाख ७२ हजार रूपैयाँ सञ्चालन मुनाफा गरेकाे थियाे ।

त्यस्तै, बैंककाे चुक्ता पूँजी १० अर्ब ९ करोड रुपैयाँ, जगेडा कोषमा १२ अर्ब ६१ करोड रुपैयाँ, प्रतिशेयर आम्दानी ४१ रुपैयाँ ०३ पैसा र प्रतिशेयर नेटवर्थ २६७ रुपैयाँ ०८ पैसा रहेकाे छ । 

बैंक​ले सार्वजनिक गरेको वित्तीय विवरण यस प्रकारकाे छ :

5faf859be2070.jpeg

प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटरयुटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।