Like us!
Follow us!

१६ प्रतिशतले बढ्यो एनएलजी इन्स्योरेन्सको नाफा, यस्ता छन् अरू सूचक ! (विवरणसहित)

१६ प्रतिशतले बढ्यो एनएलजी इन्स्योरेन्सको नाफा, यस्ता छन् अरू सूचक ! (विवरणसहित)

लगानी खबर, काठमाडाैं - एनएलजी इन्स्योरेन्स कम्पनी लिमिटेडले चालु आर्थिक वर्ष २०७७/७८ को पहिलो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको छ ।

उक्त विवरण अनुसार कम्पनीले पहिलो त्रैमासमा ६ करोड १३ लाख रुपैयाँ खुद नाफा आर्जन गर्न सफल भएकाे छ । उक्त नाफा रकम गत आर्थिक वर्षकाे यसै अवधिकाे तुलनामा १६.६२ प्रतिशतले धेरै हाे । गत वर्षको यही अवधीमा कम्पनीले ५ करोड २५ लाख रुपैयाँ खुद नाफा आर्जन गर्न सफल भएकाे थियाे ।

यसैगरी, पहिलो त्रैमासमा कम्पनीले २१ करोड १७ लाख रुपैयाँ खुद बिमा शुल्क आम्दानी गरेकाे छ । उक्त रकम गत आर्थिक वर्षकाे तुलनामा १.७५ प्रतिशतले धेरै हाे । गत वर्षकाे यही अवधीमा कम्पनीले २० करोड ८० लाख  रुपैयाँ खुद बिमा शुल्क आर्जन गरेकाे थियाे । कम्पनीकाे जीवन बिमा कोषको आकार पनि ८१ करोड ८५ लाख रुपैयाँबाट बढेर ९२ करोड ६९ लाख रुपैयाँ पुगेको छ ।  

त्यस्तै, कम्पनीकाे चुक्ता पूँजी १ अर्ब २ करोड ४६ लाख रुपैयाँ र जगेडा कोषमा ३८ करोड ४४ लाख रूपैयाँ रहेकाे छ । कम्पनीकाे प्रतिशेयर आम्दानी २३ रुपैयाँ ९५ पैसा र प्रतिशेयर नेटवर्थ २३५ रुपैयाँ ३७ पैसा रहेको छ ।

कम्पनीले प्रकाशन गरेकाे वित्तीय विवरण यस प्रकारकाे छ :

5fae6a418a9e4.jpg

प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटरयुटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।