Like us!
Follow us!

एनसीसी बैंकको नाफामा सामान्य गिरावट, अन्य सूचक कस्ता ? (विवरणसहित)

एनसीसी बैंकको नाफामा सामान्य गिरावट, अन्य सूचक कस्ता ? (विवरणसहित)

लगानी खबर, काठमाडौँ -  नेपाल क्रेडिट एण्ड कमर्स बैंक लिमिटेड (एनसीसी) ले चालु आर्थिक वर्ष २०७७/७८ को पहिलाे त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको छ । 

 उक्त विवरण अनुसार चालु आर्थिक वर्षको पहिलो त्रैमासमा बैंकले ३३ करोड ४५ लाख रुपैयाँ खुद नाफा आर्जन गरेकाे छ । उक्त नाफा रकम गत वर्षकाे सोही अवधिको तुलनामा १.६९ प्रतिशतले थाेरै हाे । गत आर्थिक वर्षकाे यसै अवधिमा बैंकले ३४ करोड ३ लाख रुपैयाँ खुद नाफा आर्जन गरेकाे थियो । यस्तै, असाेज मसान्तसम्ममा बैंकको वितरणयोग्य नाफा १२ करोड २५ लाख रुपैयाँ रहेको छ ।

पहिलो त्रैमासमा बैंककाे खुद व्याज आम्दानी पनि घटेर ७९ करोड ५ लाख रुपैयाँमा सीमित भएको छ । गत आर्थिक वर्षकाे यसै अवधिमा बैंकले ८३ करोड ७१ लाख रूपैयाँ खुद व्याज आम्दानी गरेकाे थियाे ।

त्यसैगरी, बैंकको सञ्चालन मुनाफा पनि घटेर ४५ करोड ६८ लाख  रुपैयाँमा झरेको छ । गत आर्थिक वर्षकाे यसै अवधिमा बैंकले ४६ करोड ५० लाख रूपैयाँ सञ्चालन मुनाफा गरेकाे थियाे ।

त्यस्तै, बैंककाे चुक्ता पूँजी ९ अर्ब ३५ करोड रुपैयाँ, जगेडा कोषमा ३ अर्ब १६ करोड रुपैयाँ, प्रतिशेयर आम्दानी १४ रुपैयाँ ३१ पैसा र प्रतिशेयर नेटवर्थ १४४ रुपैयाँ ५९ पैसा रहेकाे छ । 

बैंक​ले सार्वजनिक गरेको वित्तीय विवरण यस प्रकारकाे छ :

5fae592335fcb.jpg

प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटरयुटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।