लगानीखबर काठमाडाैं - रिलायबल नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले चालु आर्थिक वर्ष २०७७/७८ को पहिलो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको छ ।
उक्त विवरण अनुसार कम्पनीले पहिलो त्रैमासमा ६ करोड ५९ लाख रुपैयाँ खुद नाफा आर्जन गर्न सफल भएकाे छ । उक्त नाफा रकम गत आर्थिक वर्षकाे यसै अवधिकाे तुलनामा ७८ लाख रुपैयाँले धेरै हाे । गत वर्षको यही अवधीमा कम्पनीले ५ करोड ८१ लाख रुपैयाँ खुद नाफा आर्जन गर्न सफल भएकाे थियाे ।
यसैगरी, पहिलो त्रैमासमा कम्पनीले ५४ करोड ६३ लाख रुपैयाँ खुद बिमा शुल्क आम्दानी गरेकाे छ । उक्त रकम गत आर्थिक वर्षकाे तुलनामा १५ करोड ८७ लाख रुपैयाँले धेरै हाे । गत वर्षकाे यही अवधीमा कम्पनीले ३८ करोड ७६ लाख रुपैयाँ खुद बिमा शुल्क आर्जन गरेकाे थियाे ।
त्यस्तै, कम्पनीकाे चुक्ता पूँजी १ अर्ब ४० करोड रुपैयाँ र जगेडा कोषमा ६९ करोड ९५ लाख रुपैयाँ रहेकाे छ । कम्पनीकाे प्रतिशेयर आम्दानी १८ रुपैयाँ ८३ पैसा र प्रतिशेयर नेटवर्थ १५४ रुपैयाँ ५३ पैसा रहेको छ ।
कम्पनीले सर्वसाधारणलाई ६० करोड रूपैयाँ बराबरकाे प्राथमिक शेयर (आइपीओ) निष्कासन गर्ने तयारी गरिरहेको छ । कम्पनीको दोश्रो वार्षिक साधारण सभाले आइपीओ निष्कासन गर्ने प्रस्ताव पारित गरिसकेकाे छ ।
कम्पनीले प्रकाशन गरेकाे वित्तीय विवरण यस प्रकारकाे छ :
प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई
[email protected] मा पठाउनु होला।
समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो
फेसबुक पेजका साथै ट्वीटर र
युटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।